अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि गोली प्रहार, सामान्य घाइते | Khabarhub Khabarhub

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि गोली प्रहार, सामान्य घाइते


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । अमेरिकी समयअनुसार शनिबार राति पेन्सिलभेनियाको बटलरमा भएको चुनावी सभामा  पूर्व राष्ट्रपतिमाथि भएको गोली प्रहारमा उनी सामान्य घाइते भएको बीबीसीले जनाएको छ ।

गोली लागेपछि ट्रम्प भुइँमा बसेका थिए । गोली लागेपछि लडेका ट्रम्पलाई गुप्तचरहरूले उठाएका थिए। ट्रम्पको कानमा गोली लागेको बताइएको छ । उनको कान र अनुहारमा रगत लतपतिएको देख्न सकिन्छ ।

ट्रम्पलाई अमेरिकाको सेक्रेट सर्भिसले तत्कालै गाडीमा हालेर सुरक्षित स्थानतर्फ लगेको थियो। उनी मञ्चमा बोल्दै गर्दा ठूलो आवाज सुनिएको र लगातार गोली चलेको प्रत्यक्षदर्शीले बताएका छन् ।

एक बन्दुकधारी र एक दर्शकको मृत्यु भएको अधिकारीहरूले जनाएको बीबीसीले उल्लेख गरेको छ । र्‍यालीमा सहभागी दुई जना गम्भीर घाइते भएको  जनाएको छ।

ट्रम्पले सामाजिक सञ्जालमा आफूलाई दाहिने कानको माथिल्लो भागमा गोली लागेको उल्लेख गरेका छन् ।

राष्ट्रपति जो बाइडेनले घटनाप्रति निन्दा गर्दै ट्रम्प सुरक्षित भएकोमा सेक्रेट सर्भिसको कामप्रति आभार समेत व्यक्त गरेका छन् ।

 

 

 

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ७ : ०८ बजे

मनसुन बर्हिगमनमा समय लाग्ने

काठमाडौं – नेपालबाट मनसुन बर्हिगमनमा समय लाग्ने जल तथा मौसम

देउवाको सचिवालयले भन्योः निवासमा पैसाको सुरूङ्ग भेटिएको समाचार भ्रामक हो

काठमाडाैं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी

साफ यू–१७ च्याम्पियनसिप: बंगलादेशसँग नेपालको लज्जास्पद हार

कोलम्बो – श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपमा नेपाल समूह चरणको

प्रत्यक्ष प्रधानमन्त्री चुन्ने विषयमा जेनजीलाई धोका भयो : ज्ञानेन्द्र शाही

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले प्रत्यक्ष

‘नेपोबेबी’ ट्रेन्डबारे श्रृंखलाले भनिन्ः हार्वर्डमा आफ्नै आम्दानीबाट पढेकी हुँ

काठमाडौं – पूर्वमिस नेपाल श्रृंखला खतिवडाले सामाजिक सञ्जालमा चलेको ‘नेपोबेबी’