गृहसचिव र महानिरीक्षकले गरे सिमलताल क्षेत्रको स्थलगत अवलोकन | Khabarhub Khabarhub

गृहसचिव र महानिरीक्षकले गरे सिमलताल क्षेत्रको स्थलगत अवलोकन


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहसचिव एकनारायण अर्यालय, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले सिमलतालमा गएको पहिरोले दुई बस बगाएको क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।

स्थलगत अवलोकनमा गृहसचिव अर्याल, महानिरीक्षक कुँवरज्यू लगायत सुरक्षा निकायका प्रमुखहरू, राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पदाधिकारीज्यूहरू, विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका सह-सचिवज्यू तथा वरिष्ठ प्रहरी अधिकृतज्यूहरूको उपस्थित रहेका थिए ।

शुक्रबार बिहान गएको पहिरोले दुई यात्रूबाहक बस बगाएर बेपत्ता बनाएपछि अहिलेसम्म बस फेला पर्न सकेका छैनन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले त्रिशुली नदीमा खोजी कार्य जारी रहेको छ ।

दुवै बसमा रहेका ६५ यात्रु मध्ये तीन जना सकुशल रहे पनि ६२ जनाको अवस्था अहिलेसम्म अज्ञात रहेको छ । अहिलेसम्म ६ जनाको शव भेटिएको छ ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ६ : १३ बजे

पहिराले जयपृथ्वी राजमार्ग अवरुद्ध

बैतडी– अविरल वर्षासँगै खसेको पहिरोले बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध

अन्तर्राष्ट्रिय सम्बन्धसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिका बैठक बस्दैछन् ।

प्रतिनिधिसभा बैठक बस्दै, औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक प्रस्तुत गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बुधबार पनि बस्दैछ ।

सप्तरीमा प्रहरीको ‘सर्च अप्रेसन’ : गोली प्रहारबाट एक जनाको मृत्यु

सप्तरी– मदिरा तस्करी नियन्त्रण गर्ने क्रममा गए राति सप्तरीमा प्रहरीले