दुबईका युवराज युएईको रक्षामन्त्रीमा नियुक्त « Khabarhub

दुबईका युवराज युएईको रक्षामन्त्रीमा नियुक्त


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

दुबई– दुबईका शासक शेख मोहम्मद बिन राशिद अल–मकतुमले आइतबार आफ्ना छोरा तथा इमिरेट्सका युवराजलाई संयुक्त अरब इमिरेट्स (युएई) को रक्षामन्त्रीमा नियुक्त गरेका छन् ।

मन्त्रिपरिषद् पुनर्गठनमा युएइएका प्रधानमन्त्री शेख मोहम्मदले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘शेख हमदान बिन मोहम्मद बिन राशिद अल मकतुम संयुक्त अरब इमिरेट्सको सरकारमा उपप्रधानमन्त्रीका रूपमा सामेल भएका छन् र उनलाई रक्षामन्त्रीमा नियुक्त गरिएको छ ।’

एकचालिस वर्षीय शेख हमदान शेख मोहम्मदका दोस्रो छोरा हुन् र उनले सन् २००८ देखि दुबईको युवराजको पद सम्हाल्दै आएका छन् । सन् २००१ मा बेलायतको एलिट स्यान्डहर्स्ट मिलिटरी कलेजबाट स्नातक गरेका उनी सन् २००६ मा इमिरेट्समा रणनीतिक विकास योजनाका लागि जिम्मेवार निकाय दुबईको कार्यकारी परिषद्का अध्यक्ष बनेका थिए ।

उनका पिता शेख मोहम्मद सन् १९७१ मा संयुक्त अरब इमिरेट्सको स्थापना भएदेखि रक्षामन्त्री थिए । त्यति बेला उनी २२ वर्षको मात्र थिए ।

मन्त्रिपरिषद् पुनर्गठनमा विदेशमन्त्री शेख अब्दुल्ला बिन जायद अल नाहयानलाई पनि उपप्रधानमन्त्रीका रूपमा नियुक्त गरिएको छ । सानो मन्त्रिपरिषद् पुनर्गठनले अन्य धेरै मन्त्रीहरूको फेरबदलका साथै मन्त्रालयहरूको विलय पनि गरेको छ ।

विश्वको सबैभन्दा ठूला तेल उत्पादकहरूमध्येको एक र संयुक्त राज्य अमेरिका, रुस तथा चीनको सहयोगी संयुक्त अरब इमिरेट्स मध्यपूर्वमा प्रमुख शक्तिका रूपमा विकसित भएको छ ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ६ : २० बजे

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

भोजपुर– ग्रामीण क्षेत्रमा विद्युत् विस्तार भएसँगै भोजपुरका विद्यालयमा प्रविधिमैत्री शिक्षण

आँचललाई जन्मदिनको उपहार टिजर

काठमाडौं – शीर्ष नायिका आँचल शर्माको जन्म दिन पारेर फिल्म

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको

इरानमा आक्रमण गरेर फर्किएका अमेरिकी सैन्य विमानको आकस्मिक अवतरण

वासिङ्टन – इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको

खानीडाँडा–याम्खा–रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

खोटाङ– खानीडाँडा–याम्खा–रातमाटा हुँदै दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय भएर पञ्चमी बजार