प्रधानमन्त्री बनेपछि ओलीलाई रञ्जिताको बधाई « Khabarhub

प्रधानमन्त्री बनेपछि ओलीलाई रञ्जिताको बधाई


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


996
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री पदमा नियुक्त भएलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले बधाई दिएकी छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेलगत्तै रञ्जिताले बधाई दिएकी हुन्।

पूर्वमन्त्री श्रेष्ठले अ‍ोलीलाई बधाई दिएकी हुन् । रञ्जिता ओली सरकारमा मन्त्री बन्नसक्ने सांसद हुन् । तर उनको दल नागरिक उन्मुक्तिले अरुण चौधरीलाई मन्त्रीमा पठाउने निर्णय गरिसकेको छ ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार असार २८ मा  ढलेसँगै राष्ट्रपतिले शुक्रबार साँझ नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । त्यसलगत्तै ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।

नवनियुक्त प्रधानमन्त्री ओलीले सोमबार बिहान ११ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा पद तथा गोपनीयताको शपथ लिनेछन् ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ८ : ०९ बजे

कांग्रेस नेता-कार्यकर्तालाई देउवाको अपिल : गगनहरूले बोलाएको महाधिवेशनमा भाग नलिनू

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सभापति संस्थापन पक्षको महाधिवेशनमा

कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्ड अवरुद्ध

हुम्ला– लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण कर्णाली करिडोरको

गुठी विधेयक चाँडै ल्याइने छ : मन्त्री रावल

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

सरुवा भएका निजामती कर्मचारीलाई अनिवार्य रमाना दिन निर्देशन

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

मकवानपुरमा यात्रुवाहक ईभी गाडी दुर्घटना, ४ जनाको मृत्यु

काठमाडौं- मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, सुकौरामा मंगलबार दिउँसो यात्रुवाहक विद्युतीय गाडी