रोल्स रोयसले भारतलाई एमटी ३० टबाइन उपलब्ध गराउने « Khabarhub

रोल्स रोयसले भारतलाई एमटी ३० टबाइन उपलब्ध गराउने


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बेलायती मोटर निर्माता कम्पनी रोल्स रोयसले भारतीय नौसेनाका लागि आफ्नो ग्यास टर्बाइन उपलब्ध गराउने भएको छ ।

रोल्स रोयस कम्पनीले यूके–इण्डिया इलेक्ट्रिक प्रपल्सन क्यापबेलिटी पार्टनरशिप वर्किङ ग्रुपका लागि आफ्नो एमटी ३० ग्यास टर्बाइन उपलब्ध गराउने प्रस्ताव अघि सारेको हो ।

रोल्स रोयसका व्यापार विकास एवम् भविष्य कार्यक्रमका निर्देशक लेक्स जिनोले भारतीय नौसेनाका लागि आवश्वक पर्ने एमटी ३० ग्यास टर्बाइन उपलब्ध गराउन वर्किङ ग्रुपसमक्ष आफ्नो कम्पनीले प्रस्ताव गरेको पुष्टि गरे । यसबाट भारतीय नौसेनाका साथै तटरक्षा बल पनि लाभान्वित हुने उनको भनाइ छ ।

इण्डियन डिफेन्स रिसर्च विङका अनुसार एमटी ३० टर्बाइन आधुनिक नौसैनिक प्रविधिमा निकै चुस्त मानिन्छ । रोल्स रोयसको यो प्रस्तावबाट बेलायत र भारतबीच नौसैनिक रक्षा प्रविधिमा नयाँ सहकार्यको विकास हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ८ : ०८ बजे

रुपन्देही–३ मा कांग्रेसबाट खाणसहित ६ जना सिफारिस

रुपन्देही– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

सर्वोच्चको आदेशपछि प्राधिकरणमा फर्किए हितेन्द्र

काठमाडौं – सर्वोच्च अदालतको आदेशसँगै नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

भन्सार एजेन्टको आन्दोलनले ‘जाँचपास’ रोकियो

पर्सा– भन्सार ‘एजेन्ट’को आन्दोलनले भन्सार जाँचपास प्रभावित भएको छ ।

मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मानव अधिकारको सबैभन्दा ठूलो चुनौती