बार्सिलोनाका कौटिन्हो बार्यनमा भने धेरै उपाधि जित्न चहान्छु « Khabarhub

बार्सिलोनाका कौटिन्हो बार्यनमा भने धेरै उपाधि जित्न चहान्छु


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ब्रजिलियन मिडफिल्डर फिलिपे कौटिन्होलाई बार्सिलाृनाले लोनमा जर्मन क्लब वायर्न म्युनिखलाई दिएको छ । बार्यनमा प्रवेश पाएका कौटिन्होले त्यहाँ रहँदा १० नम्बर जर्सी लगाउने भएका छन् ।

बार्सिलोनाले कौटिन्होलाई एक सिजनका लागि मात्रै बार्यनलाई दिएको हो । यस्तै वायर्नले कौटिन्होसँग सोमबार औपचारिक रुपमा सम्झौता समेत गरिसकेको छ । लोनमा क्लब आएपनि बार्सिलोनाले वायर्नलाई स्थाई अनुबन्धको अवसर समेत दिएको छ ।

बार्यनमा आवद्ध भएको कौटिन्होले बार्सिलोनामा धेरै जसो आफुले चाहे जस्तो नभएको बताउँदै बार्यनबाट धेरै उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् ।

‘बार्सिलोनामा हामीले कल्पना गरेको जस्तो धेरै कुरा भएन । तर, यो इतिहास भएको छ । कौटिन्होले भने, ‘मलाई आशा छ म यहाँ लामो समय रहने छु र धेरै उपाधि जित्न चाहन्छु ।’

जर्मन च्याम्पियन वायर्नले २७ वर्षे मिडफिल्डर कौटिन्होलाई ८.५ मिलियन युरोमा अनुबन्ध गरेको हो । यस्तै बार्सिलोनाले कौटिन्होलाई १२० मिलियन युरोमा किन्नका लागि अवसर समेत दिएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  १० : १३ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी