आत्मनिर्भर अर्थतन्त्रका लागि पर्यटनको विकास अपरिहार्य : राष्ट्रियसभा अध्यक्ष | Khabarhub Khabarhub

आत्मनिर्भर अर्थतन्त्रका लागि पर्यटनको विकास अपरिहार्य : राष्ट्रियसभा अध्यक्ष


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आत्मनिर्भर अर्थतन्त्रका लागि पर्यटन क्षेत्रको विकास अपरिहार्य रहेको बताएका छन् ।

ठमेल पर्यटन विकास परिषद्को २८ र २९औँ वार्षिक साधारणसभा तथा निर्वाचनको उद्घाटन गर्दै अध्यक्ष दाहालले पर्यटकको अथाह सम्भावना भएको नेपालमा पूर्वाधार विकास गरी देश विदेशमा प्रचारप्रसार गर्नु आवश्यक रहेको बताए ।

‘विश्वको सर्वोच्च शिखर सगरमाथा, आठवटा उच्च हिमाल नेपालमा छन्, विश्वको अग्लो स्थानमा रहेको तिलिचो तालदेखि बुद्धको जन्मथलो लुम्बिनी नेपालमा छ, यसको विश्वमा सही ढङ्गले प्रचारप्रसार गर्नुपर्छ,’ अध्यक्ष दाहालले भने ।

उनले सांस्कृतिक र साहसिक पर्यटनको उत्कृष्ट गन्तव्य नेपाल भएको उल्लेख गरे। राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटनको उत्कृष्ट गन्तव्य ठमेलभित्र रहेका व्यापारिक र अन्य चुनौतीलाई चिर्नका लागि परिषद् लाग्नुपर्ने उनको भनाइ छ ।

ठमेल पर्यटन गुरुयोजना र व्यावसायिक आचारसंहिताले ठमेललाई सही ढङ्गले अगाडि बढाउन सहयोग पुग्ने अध्यक्ष दाहालले बताए ।

सफा सुरक्षित व्यवसायमैत्री ठमेल बनाउन सबै लाग्नुपर्ने उनको भनाइ थियो ।

खरिद ऐनले विकासमा बाधा पु¥याएकाले यसलाई संशोधन गर्ने काम भइरहेको अध्यक्ष दाहालले बताए । ठमेलमा सक्षम, योग्य र दुरदर्शी नेतृत्व चुन्न उनले परिषद्का सदस्यहरुलाई आग्रह गरे ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ११ : ३७ बजे

सडक सञ्जालमा जोडियो ढोरपाटन

म्याग्दी- म्याग्दी र बागलुङको ढोरपाटन जोड्ने सडकको ट्याक (मार्ग) जोडिएको

सन्तानको हुटहुटीले ‘डिभोर्सी’ जोडीको पुनर्मिलन !

छुटिएको एक जोडी पति पत्नीको सम्बन्ध पुनः कायम होस् भनेर

सातवटै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

काठमाडौं– देशका सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०८२–०८३ को वार्षिक

सुरक्षित स्थानमा जान इजरायली नागरिकलाई इरानी सैन्य अधिकारीको चेतावनी

इरान – आफ्ना धेरै नागरिकले राजधानी तेहरान छाडेका दृश्य सार्वजनिक

घरघरमै पुगेर उच्च रक्तचाप र मधुमेहको परीक्षण

सिरहा– सिरहाको लहान नगरपालिकाले नगरवासीको घरघरमै स्वास्थ्यकर्मी पठाएर उच्च रक्तचाप