हत्या गर्ने अभिप्रायले आक्रमण गरिएको थियो : पूर्वराष्ट्रपति ट्रम्प « Khabarhub

हत्या गर्ने अभिप्रायले आक्रमण गरिएको थियो : पूर्वराष्ट्रपति ट्रम्प


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सञ्चारमाध्यम ‘न्यूयोर्क पोस्ट’ सँगको कुराकानीमा शनिबारको आक्रमणमा आफू मृत्युको मुखबाट उम्केको बताएका छन् । 

 ट्रम्पले आफूलाई बचाउन सुरक्षा अधिकारी र अभियानमा सहभागी शुभेच्छुकले खेलेको भूमिकाको प्रशंसा गर्दै भने, ‘सायद, म यहाँ हुने थिइन, म मरेको हुन्थेँ होला ।’ 

शनिबार एक चुनावी र्‍यालीमा सहभागी हुने क्रममा बन्दुकधारीले प्रहार गरेको गोलीले ७८ वर्षीय ट्रम्पको कानमा लछार्दै गएको थियो । आक्रमणबाट उनको अनुहार रगताम्य भएको, एक जना पैदलयात्रीको मृत्यु भएको र अन्य दुई जना घाइते भएका थिए ।

ट्रम्पले र्‍यालीलाई सम्बोधन गर्ने क्रममा अवैध आप्रवासीसम्बन्धी चार्ट पढ्नका लागि आफ्नो टाउको दायाँतिर नझुकेको भए आफ्नो मृत्यु हुने बताएका थिए । 

उनले भने, ‘घटनापछि धेरैले भनिरहेका छन् कि ‘भाग्यले वा भगवानको कृपाले म अझै पनि जीवित छु ।’

गोली प्रहार गर्ने आक्रमणकारीलाई तत्काल ‘सफाया’ गरेकामा उनले गुप्तचर सेवाका एजेन्टको प्रशंसा गरे। 

उनले भने, ‘उनीहरूले आक्रमणकारीलाई आँखाको बीचमा एउटा गोली प्रहार गरी आफूलाई भीडबाट बाहिर निकालिएको बताइएको छ ।’ ‘उनीहरूले उत्कृष्ट काम गरे,’ ट्रम्पले  भने, ‘यो हामी सबैका लागि अवास्तविक छ ।’

ट्रम्पलाई गोली हान्ने २० वर्षे युवाको तथ्य पत्ता लगाउँदै एफबिआई

ट्रम्पमाथि गोली प्रहारपछि वाइडेनको सम्बोधन : राजनीतिक शक्तिबीच तनाव आवश्यक छैन

ट्रम्पको हत्या प्रयासपछि क्रेमलिनद्वारा राजनीतिक हिंसाको निन्दा

२० वर्षीय युवकले हानेका थिए चुनावी र्‍यालीमा ट्रम्पलाई गोली

गोली लागेका ट्रम्पले भने– ‘गड ब्लेस अमेरिका’

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  १ : ३० बजे

नेपाली सेनाको हरिहरपुरगढी–सिन्धुलीगढी पदयात्रा समापन

सिन्धुलीगढी– नेपाली सेनाको मध्यपूर्वी पृतनाले सिन्धुलीको हरिहरपुरगढीदेखि सिन्धुलीगढीसम्म सञ्चालन गरेको

कुलमानको स्पष्टीकरण : मन्त्री बन्दा नै राजनीतिमा जान्छु भनेको थिएँ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी आन्दोलनपछिको सरकारमा

बालेनको चुनावी दौडाहा : तेह्रथुम पुगेर म्याङलुङ देवीको दर्शन

तेह्रथुम– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले तेह्रथुमस्थित

ओलीलाई पाण्डेको जवाफ : ‘नेतृत्वका अभिव्यक्तिले कार्यकर्ताको मनोबल घटाउँदैछ’

काठमाडौं– नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा

विपिनको स्मृतिमा ‘विपिन चोक’ नामकरण

कञ्चनपुर– प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएर मारिएका कञ्चनपुरका विपिन