स्वास्थ्यमन्त्री प्रदीप पौडेलद्वारा पदभार ग्रहण, सेवा प्रभावकारी बनाउने प्रतिवद्धता | Khabarhub Khabarhub

स्वास्थ्यमन्त्री प्रदीप पौडेलद्वारा पदभार ग्रहण, सेवा प्रभावकारी बनाउने प्रतिवद्धता


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका मन्त्री पौडेलले मन्त्रालय पुगेर जिम्मेवारी सम्हाल्दै सबैको सल्लाह सुझाव लिएर स्वास्थ्य क्षेत्रको सुधारमा लाग्ने बताए । 

मन्त्री पौडेलले आफूले प्राप्त गरेको अवसरलाई नतिजामुखी बनाउन सबै ऊर्जा लगाउने प्रतिवद्धता जनाए ।

स्वास्थ्यमा राज्यले गरेको लगानीअनुसारको प्रतिफल आउने गरी काम अगाडि बढाइने पनि मन्त्री पौडेलले बताए । एक सातामा अल्पकालीन र दीर्घकालीन योजना सार्वजनिक गर्ने पनि उनले जानकारी दिएका छन् । तत्काल कोही कर्मचारीको सरुवा नहुने पनि मन्त्री पौडेलले बताए ।

देशभरका अस्पतालमा गरिने उपचारमा एकरुपता कायम गर्ने गरी काम गर्ने, स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने र राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति स्वीकृतको निर्णय पौडेलले गरेका छन् ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  २ : १८ बजे

भक्तपुरको कालदहमा मेला, भक्तजनहरूको घुइँचो 

काठमाडौं– जनै पूर्णिमाको अवसरमा भक्तपुरमा रहेको प्राचीन कालदहमा श्रद्धालु भक्तजनहरूको

उदयपुरमा लाखे जात्रा सुरु

उदयपुर– यहाँ नेवार समुदायको लाखे जात्रा सुरु भएको छ ।

एआईको प्रयोग गरी अधिकतम लाभ लिन सक्नुपर्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले कृत्रिम बुद्धिमता

विद्युत् व्यापारमा साढे चार अर्ब फाइदा : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् व्यापारमा नेपाललाई साढे चार

भदौ १५ गते अठारौँ पुस्तकालय दिवस मनाउने तयारी

काठमाडौं- मुलुकभर रचनात्मक र सन्देशमूलक विविध कार्यक्रमसहित आगामी भदौ १५