स्वास्थ्यमन्त्रीको घोषणा – एक महिनाभित्र सरकारी अस्पतालमा लाइन बस्नु पर्दैन « Khabarhub

स्वास्थ्यमन्त्रीको घोषणा – एक महिनाभित्र सरकारी अस्पतालमा लाइन बस्नु पर्दैन

पहिलो निर्णय - राष्ट्रिय क्यासर रोग निवारण रणनीति स्वीकृत


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पदभार ग्रहणका क्रममा राष्ट्रिय क्यासर रोग निवारण रणनीति स्वीकृत गर्ने पहिलो निर्णय गरेका छन् ।

सोमबार मन्त्रालयमा पदभार ग्रहणपछि पहिलो निर्णयका रुपमा मन्त्री पौडेलले राष्ट्रिय क्यान्सर रोग निवारणका लागि रणनीति स्वीकृत गरेका हुन् ।

काठमाडौं क्षेत्र नम्बर ५ बाट पदमा प्रतिनिधिसभामा निर्वाचिन पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त गरेका हुन् ।

उनले स्वास्थ्य क्षेत्रको राजनीतिक र सैद्धान्तिक पक्षबारेमा प्रशस्त जानकारी नभएको हुन सक्ने बताउँदै काम गरिरहेका, काम गरिसकेका र विज्ञहरुसँग मिलेर तात्कालीन कार्यक्रम र दीर्घकालीन कार्यक्रम बनाइने बताए ।

पौडेलले एक हप्ताभित्र तत्काल के गर्ने र दीर्घकालमा के गर्ने भन्ने खाका ल्याउने बताए । एक महिना, तीन महिना, छ महिना र एक वर्षभित्र गर्ने कामको वर्गीकरण गरिने उनले बताए ।

पौडेलले एक महिनाभित्र सरकारी अस्पतालमा लाइन लाग्ने अवस्थामा सुधार गर्ने पनि बताएका छन्। उनले कुराभन्दा काम गर्न आफू आएको बताए।

‘एक महिनाभित्र संघीय सरकार मातहतका सरकारी अस्पतालमा लाइन लाग्न नपर्ने अवस्था बनाउनेछौँ’, उनले भने, ‘व्यवस्थित स्वास्थ्य सुविधा अघि बढाउनेछौँ । धेरै ठूला काम कति गर्न सक्छौँ थाहा छैन तर सान-साना कुरा अघि बढाउँछौँ ।’

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  २ : २४ बजे

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले

पत्रकार धरपकड अलोकतान्त्रिक प्रवृत्ति हो: एमाले प्रचार विभाग प्रमुख आचार्य

काठमाडाैँ नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

पत्रकार गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो: कांग्रेसका महामन्त्री पौडेल

काठमाडाैँ – समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै भरमा प्रहरी

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड