गृहमन्त्रीको पहिलो निर्णय- सिमलताल बस दुर्घटनाको अध्ययन गर्न समिति गठन « Khabarhub

गृहमन्त्रीको पहिलो निर्णय- सिमलताल बस दुर्घटनाको अध्ययन गर्न समिति गठन


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नवनियुक्त गृहमन्त्री रमेश लेखकले चितवनको सिमतालमा भएको वस दुर्घटनाको अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेका छन् ।

सोमबार सिंहदरबारमा पदभार ग्रहण गर्दै मन्त्री लेखकले सिमताल घटनाको अध्ययन गर्नका लागि सहसचिव छवि रिजालको नेतृत्वमा समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् । त्यस्तै उनले नेपाल प्रहरीको अपराध नियन्त्रण कार्ययोजना समेत स्वीकृत गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।

सो क्रममा उनले प्राकृतिक प्रकोपका कारण देशभरमा भइरहेको जनधनको क्षति रोक्नका लागि ध्यान केन्द्रीत गर्ने बताए । उनले बाढीपहिरो प्रभावित क्षेत्रहरूमा प्रभावकारी काम गर्नका लागि आवश्यक कार्ययोजना बनाएर नै अघि बढ्ने जानकारी दिए ।

मन्त्री लेखकले विधिको शासन, शान्ति सुरक्षा, अपराध नियन्त्रणमा दत्तचित्त भएर लाग्ने उल्लेख गरे । सरकारको प्राथमिकता राजनीतिक स्थिरता, भ्रष्टाचार नियन्त्रण सुशासन, अर्थतन्त्रको समस्या समाधानमा रहने उनको भनाइ छ ।

उनले अहिलेको व्यवस्था र समावेशीतालाई बलियो बनाउनका लागि संविधान संशोधनका लागि पहल गरिने धारणा राखे । 

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ५ : १७ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल