अन्तर्राष्ट्रिय सम्बन्धलाई बिस्तार गर्नुपर्छ : परराष्ट्रमन्त्री राणा « Khabarhub

अन्तर्राष्ट्रिय सम्बन्धलाई बिस्तार गर्नुपर्छ : परराष्ट्रमन्त्री राणा


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणाले परराष्ट्र सम्बन्धलाई सबै मिलेर सुदृढ गर्दै लैजानुपर्ने बताएकी छन् ।

सोमबार दिउँसो पदभार ग्रहण गरेपछि उनले नेपाल कसैको पराधीन भएर नबसेको भन्दै यही अवस्थालाई भावी पुस्तासम्म लैजान आवश्यक रहेको बताइन् ।

‘यो इतिहासकै एउटा जिम्मेवारी हो । हाम्रो सानो भूपरिवेष्ठित राष्ट्र हो । हामी एकदम ठूलो देशहरूको बीचमा छौँ । हाम्रा पूर्वजहरुले हाम्रो देशलाई अहिलेसम्म बचाएर ल्याएको, हाम्रो एउटा पराधीन हुन नपरेको इतिहास छ,’ उनले भनिन्, ‘यो इतिहास हामीले अब आउने पिँढीका लागि कायम राख्नुपर्छ। यो काम सबैभन्दा धेरै नेतृत्व गरेर लैजाने परराष्ट्र मन्त्रालय नै हो । ‘यो ठूलो सेना भएको देश पनि होइन, हामी पञ्चशीलमा विश्वास गर्ने देश  हौं ।’

राणाले सबै मिलेर अन्तर्राष्ट्रिय सम्बन्धलाई बिस्तार गरेर लैजानुपर्ने बताइन् । ‘देशको समृद्धिमा पनि परराष्ट्र मन्त्रालयले धेरै ठूलो भूमिका खेल्न सक्छ। विभिन्न देशसँग पनि हामीले दौंत्य सम्बन्ध राखेका छौँ। यसलाई अझ प्रभावकारी बनाउनु पर्नेछ,’ उनले भनिन् ।

यस्तै परराष्ट्रमन्त्री राणाले हमास आक्रमणमा बेपत्ता कञ्चनपुरका विपिन जोशीको खोजी गरी फिर्ता ल्याउन पहल गर्ने पनि बताइन् ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ४ : ४५ बजे

हामी पुरानो पुस्तासँग लड्न होइन नयाँ राजनीतिक संस्कार बसाल्न आएका हौँ : डा वाग्ले

काठमाडौं– अर्थमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम

सर्वेक्षणको दाबी : ९२ प्रतिशत इजरायलीले इरानलाई युद्धको विजेता माने

तेलअभिभ- इजरायलमा गरिएको एक नयाँ सर्वेक्षणअनुसार अधिकांश नागरिकले इरानसँगको युद्धमा

सीके राउतले गरे रास्वपा र प्रधानमन्त्रीको प्रशंसा

काठमाडौं- जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टीको

रास्वपा महाधिवेशनमा पुगे विपक्षी दलका छ नेता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनको उद्घाटन सत्रमा विपक्षी दलका

नेपालको समस्या स्रोतको र सम्भावनाको अभाव पनि होइन, गलत प्रोत्साहन संरचना हो : डा वाग्ले

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको समस्या स्रोतको अभाव र