अन्तर्राष्ट्रिय सम्बन्धलाई बिस्तार गर्नुपर्छ : परराष्ट्रमन्त्री राणा « Khabarhub

अन्तर्राष्ट्रिय सम्बन्धलाई बिस्तार गर्नुपर्छ : परराष्ट्रमन्त्री राणा


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणाले परराष्ट्र सम्बन्धलाई सबै मिलेर सुदृढ गर्दै लैजानुपर्ने बताएकी छन् ।

सोमबार दिउँसो पदभार ग्रहण गरेपछि उनले नेपाल कसैको पराधीन भएर नबसेको भन्दै यही अवस्थालाई भावी पुस्तासम्म लैजान आवश्यक रहेको बताइन् ।

‘यो इतिहासकै एउटा जिम्मेवारी हो । हाम्रो सानो भूपरिवेष्ठित राष्ट्र हो । हामी एकदम ठूलो देशहरूको बीचमा छौँ । हाम्रा पूर्वजहरुले हाम्रो देशलाई अहिलेसम्म बचाएर ल्याएको, हाम्रो एउटा पराधीन हुन नपरेको इतिहास छ,’ उनले भनिन्, ‘यो इतिहास हामीले अब आउने पिँढीका लागि कायम राख्नुपर्छ। यो काम सबैभन्दा धेरै नेतृत्व गरेर लैजाने परराष्ट्र मन्त्रालय नै हो । ‘यो ठूलो सेना भएको देश पनि होइन, हामी पञ्चशीलमा विश्वास गर्ने देश  हौं ।’

राणाले सबै मिलेर अन्तर्राष्ट्रिय सम्बन्धलाई बिस्तार गरेर लैजानुपर्ने बताइन् । ‘देशको समृद्धिमा पनि परराष्ट्र मन्त्रालयले धेरै ठूलो भूमिका खेल्न सक्छ। विभिन्न देशसँग पनि हामीले दौंत्य सम्बन्ध राखेका छौँ। यसलाई अझ प्रभावकारी बनाउनु पर्नेछ,’ उनले भनिन् ।

यस्तै परराष्ट्रमन्त्री राणाले हमास आक्रमणमा बेपत्ता कञ्चनपुरका विपिन जोशीको खोजी गरी फिर्ता ल्याउन पहल गर्ने पनि बताइन् ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ४ : ४५ बजे

पाल्पा जिप दुर्घटना अपडेट : मृतकमध्ये दुई जनाको सनाखत

तानसेन– पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा भएको जिप दुर्घटनामा मृत्यु भएका

हेटौँडामा खैरो हिरोइनसहित तीन जना पक्राउ

मकवानपुर– हेटौँडास्थित रातोमाटे प्रहरीले जाँच गर्ने क्रममा प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई

विचार र कार्यक्रममा छलफल गर्न नपाइने एमालेको महाधिवेशन

काठमाडौं– राजनीतिक दल तथा संगठनको महाधिवेशन भनेको सामान्यतया विकसित सन्दर्भमा

एमाले महाधिवेशन : प्रतिनिधिलाई भोटिङ मेसिनमा नमूना मतदान अभ्यास

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा

इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

तेल अभिभ- इजरायलले फेब्रुअरीदेखि प्राथमिक विद्यालयहरूमा बच्चाहरूलाई मोबाइल फोन प्रयोग