परराष्ट्रमन्त्री भन्छिन् – विपिन जोशीलाई हमासबाट छुटाएर फिर्ता ल्याउने पहल थाल्छु « Khabarhub

परराष्ट्रमन्त्री भन्छिन् – विपिन जोशीलाई हमासबाट छुटाएर फिर्ता ल्याउने पहल थाल्छु


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणाले सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टाइनस्थित विद्रोही समूह हमासले अपहरण गरी बेपत्ता बनाएका कञ्चनपुरका नेपाली युवा विपिन जोशीको खोजी गरिने बताएकी छन् । 

सोमबार दिउँसो परराष्ट्र मन्त्रालयमा पदभार ग्रहण गरेपछि उनले यस्तो बताएकी हुन् । 

यसअघिका परराष्ट्रमन्त्री एनपी साउद र नारायणकाजी श्रेष्ठले पनि जोशीको खोजीमा पहल गरेका थिए । तर दुवै मन्त्रीले विपिनको अवस्था पत्ता लगाउन सकेनन् ।

अब नयाँ परराष्ट्रमन्त्री राणाले पनि हमासले इजरायलमा आक्रमण गरेपछि अपहरण गरि बेपत्ता विपिनको खोजी गरी फिर्ता ल्याउन पहल गर्ने बताइन् ।

कृषि अध्ययन गर्न इजरायल पुगेका विपिनको अहिलेसम्म अवस्था खुल्न सकेको छैन । गाजा क्षेत्रलाई इजरायली सेनाले करिब ध्वस्त बनाइसक्दा पनि विपिनसहित अपहृत डेढ सय बढीको अवस्था खुल्न सकेको छैन ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ६ : ५२ बजे

ललितपुरमा ‘हरित उत्सव : परिवर्तनका लागि महिला नेतृत्व’ अभियान सुरु (तस्बिरहरू)

ललितपुर– जलवायु न्याय तथा सामुदायिक उत्थानका क्षेत्रमा काम गर्दै आएको

किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी

किएभ– युक्रेनको राजधानी किएभको उत्तरपूर्वी जिल्लामा भएको रूसी आक्रमणका कारण

चार क्विन्टल गाँजासहित चार जना पक्राउ

सुनसरी– बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र–चतरा सडकबाट चार क्विन्टल १८ किलो गाँजासहित

युवा आन्दोलनले बढायो मोदी सरकारमाथि दबाब

नयाँदिल्ली-  युवा नेतृत्वमा भएको विरोध प्रदर्शनका कारण भारतका शिक्षामन्त्रीले राजीनामा दिएको

कृषिउपज संकलन तथा बजारीकरण केन्द्र निर्माण हुँदै

भोजपुर– भारत सरकारको सहयोगमा टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा १० करोड लागतमा आधुनिक