राजश्व संकलन वृद्धि गर्दै ढोरपाटन सिकार आरक्ष « Khabarhub

राजश्व संकलन वृद्धि गर्दै ढोरपाटन सिकार आरक्ष


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ढोरपाटन सिकार आरक्षमा पछिल्लो समय राजश्व संकलनमा वृद्धि हुँदै गएको छ ।

बिशेष गरी विदेशी पर्यटकले सिकार गर्दे आइरहेको ढोरपाटन शिकार आरक्षमा प्रत्येक वर्ष सिकार खेल्नेको संख्या वृद्धि हुँदै जानु र सिकार टेन्डरको मूल्य वृद्धि हुँदै जाँदा राजश्वमा वृद्धि हुन थालेको हो ।

ढोरपाटन सिकार आरक्ष बागलुङ, म्याग्दी र रुकुम जिल्लामा पर्दछ । दुई सिजनमा हन्टिङको निम्ति टेन्डर आह्वान गरेर उक्त क्षेत्रमा नाउर र झारलको सिकार गर्ने गरिन्छ ।

विदेशीका निम्ति सिकार सोखिनको पाटो हुँदै गर्दा निश्चित कोटा खुलाएर सिकार आरक्ष भित्र रहेका वन्य जन्तुको सिकार हुँदै आएको छ ।

गत आर्थिक वर्षमा कुल ३ करोड ४८ लाख राजश्व संकलन गरेको सिकार आरक्ष कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा राजश्व वृद्धि गर्न सफल भएको हो ।

चालु आर्थिक वर्षमा कुल ४ करोड २६ लाख ८८ हजार सिकारबाट, पर्यटक प्रवेश शुल्कबाट बाट १३ लाख संकलन भएको छ । त्यस्तै काठ दाउरा र नदीजन्य पदार्थको पुर्जीबाट २० लाख ९३ हजार र सिकारी ल्यान्ड हुँदै गर्दा हेलिकप्टर अवतरण शुल्क ५७ हजार गरी कुल ४ करोड  ६२ लाख ३० हजार  राजश्व संकलन भएको ढोरपाटन सिकार आरक्ष कार्यालयका संरक्षण अधिकृत मन्दिप पँगेनीले जानकारी दिए ।

सिकार आरक्षभित्र हाल एक हजार दुई सय ९० नाउर र ७ सय ४४ वटा झारल रहेका छन् । प्रत्येक पाँच वर्षमा उक्त जनावरको गणना हुँदै आएको छ । चालु आर्थिक वर्षमा २४ वटा सम्म नाउर र १४ झारल सिकारको कोटा खुल्ला गरिएकोमा १८ झारल र ११ नाउर गरी ३० वटा जनावरको सिकार भएको अधिकृत पँगेनीले बताए ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ६ : ०९ बजे

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री

उपराष्ट्रपति यादवसँग जर्मनीका राजदूतको भेटवार्ता

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत