राष्ट्रियसभाबाट तीन विधेयक पारित « Khabarhub

राष्ट्रियसभाबाट तीन विधेयक पारित


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रियसभाले तीन वटा विधेयक पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाएको छ । यसअघि ‘आर्थिक विधेयक २०८१’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ र ‘भन्सार महसुल विधेयक, २०८१’  सदनमा दफावार छलफल भएको थियो ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा छलफलपछि पारित गरियोस् भनी राखेको प्रस्तावलाई सदनले सर्वसम्मतले पारित गरेको हो । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले तीनवटै विधेयक छलफलका लागि प्रतिनिधिसभामा फिर्ता पठाइएको जानकारी गराए।

आर्थिक विधेयक, २०८१ माथिको छलफलमा सांसदहरू भगवती न्यौपाने र राजेन्द्र लक्ष्मी गैरेले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले ठूला कम्पनीले करको दायित्व घटाउने वा कर छल्नसक्ने खालका आशंका गरे तापनि त्यो सम्भावना नरहेको स्पष्ट पारे ।

यसअघि बैठकमा अध्यक्ष दाहालले विधेयक प्रमाणीकरण, मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको, मन्त्रिपरिषद्को कार्यसञ्चालन, प्रधानमन्त्री पदमा नियुक्ति र मन्त्रिपरिषद्को गठनसम्बन्धी पत्र वाचन गरेका थिए । 

राष्ट्रियसभाको अर्को बैठक साउन ४ गते शुक्रबार १ः१५ बजे बस्नेछ ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ७ : ०३ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील