तरकारीलाई लामो समयसम्म ताजा राख्न के गर्ने ? | Khabarhub Khabarhub

तरकारीलाई लामो समयसम्म ताजा राख्न के गर्ने ?


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कहिले काहीँ बाहिर निस्केका बेलामा राम्रो र ठिक्क मूल्यमा तरकारी धेरै देख्दा सबै किनौँ जस्तो हुन्छ ।

तर समस्या भनेको एकै दिन सबै खान सकिँदैन र त्यो तरकारी बिग्रिएर नास हुने हुन्छ । त्यसको लागि केही उपायहरू अपनाउन सकिन्छ ।

– हरियो तरकारी सञ्चित गरेर राख्नुअगाडि पखाल्नु हुँदैन । पखालेमा ब्याक्टेरियाको प्रवेश सजिलोसँग हुन्छ । काट्नु र पकाउनुअघि मात्र पखाल्ने गर्नुपर्दछ ।

– हरियो पातयुक्त साग प्लास्टिकमा हावा नछिर्ने तरिकाले प्याक गरी फ्रिजभित्रको सबैभन्दा चिसो ठाउँमा राखेमा दश दिनसम्म केही हुँदैन ।

– जरायुक्त तरकारी, गाजर, मुला, चुकन्दर, सलगम, तरुल आदि प्वाल भएको झोला-पोलिथिनमा हालेर फ्रिजमा राख्नाले निकै दिन ताजा रहन्छ, तर त्यसको साग या टुप्पो भने निकाल्नु राम्रो हुन्छ । सागसहित राखेमा साग भयतिरबाट बिग्रन थाल्दछ ।

– फूलकोपी, बन्दाकोबी, ब्रोकाउली नपखालीकन तथा नकाटीकन प्लास्टिकभित्र हालेर फ्रिजमा राखिदिने हो भने १० दिनसम्म ताजै रहन्छ ।

– अन्य तरकारी, जस्तै : सिमी कोसा, खुर्सानी, काँक्रा आदिलाई कागजको झोलामा या कागजले बेरेर राख्नाले निकै दिन ताजा रहन्छ ।

– च्याउलाई कहिल्यै पनि प्लास्टिकले बेरेर राख्नुहुँदैन । कुनै कार्डबोर्डभित्र राखेर फ्रिजमा राखे हप्ता दिन ताजा रहन्छ ।
– लसुन, प्याज सुरक्षित राख्ने सबैभन्दा उपयुक्त तरिका हो— ओस नभएको ठाउँमा झुन्ड्याउनु । लसुनलाई अँध्यारो ठाउँमा झुन्ड्याउँदा थप गुणकारी हुन्छ ।

– आलु फ्रिजमा राख्दा त्यसमा भएको स्टार्च आफै सुगरमा बदलिन थाल्छ । तसर्थ, फ्रिजमा नराखी चिसो या सामान्य तापक्रम भएको ठाउँमा आलु राख्नु राम्रो हुन्छ । कागज निर्मित झोलामा आलु राख्ने गर्दा लामो समयसम्म बिग्रन पाउँदैन।

– टमाटर फ्रिजमा भन्दा बाहिर राख्नु राम्रो हुन्छ तर त्यसलाई घामले प्रत्यक्ष नभेट्ने र सामान्य तापक्रम भएको ठाउँमा राख्नाले ताजा रहनुका साथै त्यसको प्राण पनि जीवित रहन्छ ।

 

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ७ : २० बजे

शिक्षकका मागअनुरुप विद्यालय शिक्षा ऐन पारित गर्न कांग्रेसको माग

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय शिक्षा विभागले आन्दोलनरत शिक्षकका माग सम्बोधनका

भैरहवा कारागारको ४ नम्बर ब्लकमा एक्लै राखियो रविलाई, भने- अदालतप्रति सम्मान छ

भैरहवा- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भैरहवा कारागारमा चलान

दुर्गेशलाई एक्सन फिल्मको हिरो बन्ने इच्छा !

काठमाडौं – दुर्गेश थापाको चर्चित गीत ‘दुश्मन हेरेको हेर्‍यै’ मा

वरिष्ठ डेपुटी गभर्नर तिम्सिनालाई कामु गभर्नरको जिम्मेवारी

काठमाडौं– अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम

प्रतिगमनविरुद्ध एकीकृत समाजवादीको विरोध र्‍याली

सुर्खेत– प्रतिगमनका विरुद्ध नेकपा एकीकृत समाजवादी सुर्खेतले विरोध सभा गरेको