तेल भिसामा विपिनको दोहोरो भूमिका ! | Khabarhub Khabarhub

तेल भिसामा विपिनको दोहोरो भूमिका !


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं छायांकनरत फिल्म तेल भिसाको फर्स्टलुक पोस्टरमा नायक विपिन कार्की दोहोरो भूमिकामा देखिएका छन् । निर्माण पक्षले आइतबार सार्वजनिक गरेको पोस्टरमा उनलाई जवान र वृद्ध ‘लुक्स’मा देख्न सकिन्छ । 

पोस्टरअनुसार उनले फिल्ममा दुई भूमिका निर्वाह गरेको प्रष्ट हुन्छ । पोस्टरमा अभिनेतृ वर्षा राउत, ऋचा घिमिरे र पुजा लामाका साथमा केही विदेशी कलाकारलाई देख्न सकिन्छ । बुद्धि तामाङ मुख्य भूमिकामा रहे पनि पोस्टरमा उनले स्थान पाएका छैनन् । 

यो पोस्टर फिल्मको प्रदर्शन मिति नयाँ तोकिएको छ । प्रदर्शन मिति मंसिर ७ गतेलाई तोकिएको छ । यसअघि भदौ २८ गते प्रदर्शन मिति तोकिएको थियो । 

निर्देशक शंकर घिमिरेका अनुसार अमेरिकामा पहिलो चरणको छायांकन सकिएको छ । दोस्रो चरणको छायांकनका लागि सुटिङ युनिट नेपालमा आइपुगेको छ । सोमबारबाट नेपालको अंशको छायांकन चितवनबाट सुरु भएको छ ।

१२ वर्षपछि यही फिल्ममार्फत घिमिरे निर्देशनमा फर्कँदै छन् । त्यस्तै अभिनेत्री ऋचा पनि १० वर्षपछि अभिनयमा फर्कँदै छिन् । 

वेलडन क्रियसनको ब्यानर र  ऋचा घिमिरेको प्रस्तुती रहेको सिनेमाका निर्माता अनिष पाण्डे र शिवराज कार्कीको लगानी रहेको छ ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ७ : ५५ बजे

सिँचाइ तथा पहिरो नियन्त्रणका लागि १५ करोडका योजना सञ्चालन

दमौली (तनहुँ)- सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानु तनहुँले सिँचाइ

भोजपुरमा फूल उत्पादन घट्यो, माग उच्च

भोजपुर- यस वर्ष समयमा फूल नफुल्दा भोजपुरमा फूल अभाव देखिएको

झिनियाँको माग बढ्दो, व्यवसायीलाई उत्पादन गर्न भ्याइनभ्याई

रामपुर (पाल्पा)- यसपटक तिहारमा मागअनुसार झिनियाँ पुर्‍याउन नसकिएको व्यवसायीले बताएका

रानीपोखरीको बालगोपालेश्वर मन्दिर : भाइटीकाको विशेष गन्तव्य

काठमाडौं – काठमाडौंको मुटुमा अवस्थित रानीपोखरीको बालगोपालेश्वर मन्दिर भाइटीकाको दिन

हराउँदै तिहारको मौलिकताः अङ्ग्रेजी र हिन्दी गीतमा देउसीभैलो

ढोरपाटन (बागलुङ)- तिहार पर्वसँग देउसीभैलोको नजिकको सम्बन्ध छ । जब