तेल भिसामा विपिनको दोहोरो भूमिका ! « Khabarhub

तेल भिसामा विपिनको दोहोरो भूमिका !


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– छायांकनरत फिल्म तेल भिसाको फर्स्टलुक पोस्टरमा नायक विपिन कार्की दोहोरो भूमिकामा देखिएका छन् । निर्माण पक्षले आइतबार सार्वजनिक गरेको पोस्टरमा उनलाई जवान र वृद्ध ‘लुक्स’मा देख्न सकिन्छ । 

पोस्टरअनुसार उनले फिल्ममा दुई भूमिका निर्वाह गरेको प्रष्ट हुन्छ । पोस्टरमा अभिनेतृ वर्षा राउत, ऋचा घिमिरे र पुजा लामाका साथमा केही विदेशी कलाकारलाई देख्न सकिन्छ । बुद्धि तामाङ मुख्य भूमिकामा रहे पनि पोस्टरमा उनले स्थान पाएका छैनन् । 

यो पोस्टर फिल्मको प्रदर्शन मिति नयाँ तोकिएको छ । प्रदर्शन मिति मंसिर ७ गतेलाई तोकिएको छ । यसअघि भदौ २८ गते प्रदर्शन मिति तोकिएको थियो । 

निर्देशक शंकर घिमिरेका अनुसार अमेरिकामा पहिलो चरणको छायांकन सकिएको छ । दोस्रो चरणको छायांकनका लागि सुटिङ युनिट नेपालमा आइपुगेको छ । सोमबारबाट नेपालको अंशको छायांकन चितवनबाट सुरु भएको छ ।

१२ वर्षपछि यही फिल्ममार्फत घिमिरे निर्देशनमा फर्कँदै छन् । त्यस्तै अभिनेत्री ऋचा पनि १० वर्षपछि अभिनयमा फर्कँदै छिन् । 

वेलडन क्रियसनको ब्यानर र  ऋचा घिमिरेको प्रस्तुती रहेको सिनेमाका निर्माता अनिष पाण्डे र शिवराज कार्कीको लगानी रहेको छ ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ७ : ५५ बजे

फ्लाईदुबईका पाँच यात्रुलाई ‘वीरता पुरस्कार’ घोषणा

जेरुसेलम– इजरायली राष्ट्रपति आइज्याक हर्जोगले बिहीबार पाँच इजरायली यात्रुलाई ‘वीरता’

पूर्वसभापति देउवालाई महाधिवेशन उद्घाटनका लागि आग्रह गरिसक्यौँ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले आइतबारबाट सुरु हुने पार्टीको

बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

काठमाडौं– बजाजले पल्सर एनएस सिरिजका लागि रविन्द्र ढाँटलाई ब्रान्ड एम्बेसडर

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐनविपरीत कसुर

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका