बैतडीमा विश्वनाथ र रामेश्वरम् ज्योर्तिलिङ्ग स्थापना गरिने « Khabarhub

बैतडीमा विश्वनाथ र रामेश्वरम् ज्योर्तिलिङ्ग स्थापना गरिने


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीमा विश्वनाथ र रामेश्वरम् ज्योर्तिलिङ्ग स्थापना गरिने भएको छ । ‘मानसखण्ड पुराणमा उल्लेख भएअनुसार’ पाटन नगरपालिका–६ को चौखुडामा रामेश्वरम् र वडा नं ३ को वनारसीधाममा विश्वनाथ ज्योर्तिलिङ्ग स्थापना गर्न लागिएको हो ।

नेपालका प्रथम ऐतिहासिक जगत् गुरु बालसन्त मोहनशरण देवाचार्यले अध्ययन तथा अनुसन्धान गरेअनुसार ज्योर्तिलिङ्ग स्थापना गर्ने कार्य शुरु गरिएको रामेश्वरधाम संरक्षण समितिका संयोजक कमल बोहराले जानकारी दिए । पातालभुवनेश्वर धामबाट बग्ने रामगङ्गा नदी (बगडी) र सरयु नदी (सुर्नया)को सङ्गमस्थल वडा नम्बर ६ चौखुडामा ज्योर्तिलिङ्ग स्थापना गरिने बोहराले जानकारी दिए ।

यस्तै पौराणिक सरयु (सुर्नया) नदीको किनार वडा नम्बर ३ स्थित बनारसीधाममा विश्वनाथ ज्योर्तिलिङ्ग स्थापना गरिने भएको छ । दुवै ठाउँमा ज्योर्तिलिङ्ग स्थापनाका लागि मन्दिर निर्माण गर्न जगत्गुरु देवाचार्यको उपस्थितिमा शिलान्याससमेत गरिएको छ । विश्वनाथधाममा मन्दिर निर्माणका लागि धनीदत्त भट्ट र रामेश्वरधाममा मन्दिर निर्माणका लागि रामसिंह विष्टको अध्यक्षतामा समितिसमेत गठन गरिएको छ ।

जिल्लालाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न ज्योर्तिलिङ्ग स्थापनाले महत्वपूर्ण भूमिका खेल्ने जगत्गुरु देवाचार्यले बताए । पुराणमा लेखिएका कुराका बारेमा जानकारी नहुँदा र यहाँका धार्मिकस्थलको प्रचारप्रसार नहुँदा प्रसिद्ध धाम ओझेलमा परेका उनले बताए ।

यहाँका तीर्थको महिमाका बारेमा पुराणमा उल्लेख गरिएको भए पनि प्रचारप्रसार अभावमा ओझेलमा परेका जगत्गुरुको भनाइ छ । तीर्थाटनका लागि हजारौँ खर्च गरेर भारतका विभिन्न स्थानमा जाने परिपाटी भएकाले आफ्नै ठाउँका तीर्थको पहिचानका लागि आफूले अभियानसमेत चलाएको उनले बताए ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  ११ : ५९ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल