गोलीकाण्डपछि कानमा पट्टी बाँधेर पार्टी सम्मेलनमा पुगे ट्रम्प « Khabarhub

गोलीकाण्डपछि कानमा पट्टी बाँधेर पार्टी सम्मेलनमा पुगे ट्रम्प


१ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प आफूमाथि भएको हमलापछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका छन् ।

आइतबार भएको हमलापछि पहिलो पटक सार्वजनिक रुपमा देखिएका उनको कानमा पट्टी बाँधिएको छ ।

रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलनका लागि मिलवाऊकी पुगेका ट्रम्प प्रसन्न देखिन्थे ।

उनको दाहिने कानमा ठूलो सेतो रंगको पट्टी देखिएको छ । उनको कानलाई छुँदै गोली निस्किएको थियो ।

पार्टीको सम्मेलनमा उनीसँगै उपराष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार जेडी वेन्स पनि देखिए । पार्टीका सिनेटर बेरन डोनाल्ड्स दाहिनेतिर उभिएका थिए । उनीसँगै बक्समा छोरा एरिक र डोनाल्ड जुनियर पनि थिए । त्यहाँ उनको परिवारका अरु सदस्य पनि देखिए ।

राष्ट्रिय सम्मेलनमा वक्ताहरूले भाषण गर्दै ट्रम्प मुस्कुराएको देखिए । उनी बीच-बीचमा ताली बजाइरहेका थिए । ट्रम्प वेन्स र डोनाल्ड्सतर्फ फर्किएर भाषणमा टिप्पणी गरेको देखिए ।

आइतबार पेन्स्लिभेनियाको बटलरमा रिपब्लिकन पार्टीको चुनावी र्‍यालीमा ट्रम्प भाषण दिइरहेका थिए। त्यही बेला उनलाई निशाना लगाएर एकजना २० वर्षीय युवाले गोली हानेका थिए । गोलीबाट ट्रम्प मुस्किलले जोगिएका थिए ।

गोली उनको दाहिने कानलाई छुँदै निस्किएको थियो । हमलामा संलग्न म्याथ्यु थोमस क्रुक्सलाई पुलिसले तत्कालै गोली हानेर मारिदिएको थियो ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  १२ : १३ बजे

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौं – सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

नागढुंगा-नौबिसे-मलेखु सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौं– नागढुंगा-नौबिसे-मलेखु सडकखण्ड यही मंसिर २४ गतेदेखि आंशिक बन्द हुने

‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले ‘जेनजी’ आन्दोलनका अगुवाले राखेका विषयलाई

अर्थमन्त्रीले भनेः तोकिएकै समयमा नै निर्वाचन हुन्छ

नेपालगन्ज – अर्थमन्त्री रामेश्वर खनालले वर्तमान सरकारले तीन कार्यभारसहित काम

गोरखाको रिपुम गुम्बामा आगलागी

गोरखा- गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ। आइतबार दिउँसो आगलागी