उपप्रधानमन्त्री सिंहसँग भारतीय राजदूतको भेट, भने- नेपाललाई सहयोग बढाउन तयार छौँ | Khabarhub Khabarhub

उपप्रधानमन्त्री सिंहसँग भारतीय राजदूतको भेट, भने- नेपाललाई सहयोग बढाउन तयार छौँ


१ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवनियुक्त उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि भारती राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित मन्त्री सिंहको कार्यकक्षमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको थियो । 

मन्त्रालयका अनुसार राजदूत श्रीवास्तवले मन्त्री सिंहलाई सफल कार्यकालको शुभकामना दिँदै पारस्परिक सहयोग अभिवृद्धिका लागि भारत तयार रहेको बताए।  

मन्त्री सिंह र राजदूत श्रीवास्तवबीच सहरी विकास, नदी प्रदूषण नियन्त्रण र फोहरमैला व्यवस्थापनमा भारतले गर्न सक्ने सहयोगबारे पनि छलफल भएको मन्त्रालयका सचिव मणिराम गेलालले बताए । दुईजनाबीच भारत सरकारको सहयोगमा नेपालमा निर्माणाधीन आयोजनाको समीक्षा भएको छ । 

दुई देशका सीमा क्षेत्रमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकीबारे छलफल भएको सचिव गेलालले जानकारी दिए।

त्यस क्रममा उपप्रधानमन्त्री सिंहले भारतले नेपाललाई गरेको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमाा पनि निरन्तर सहयोग हुने अपेक्षा गरे ।

 

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  १२ : २७ बजे

आठवर्षसम्म पाएन मङ्गलाले प्रशासकीय भवन बनाउन निःशुल्क जग्गादाता

म्याग्दी- म्याग्दीको मङ्गला गाउँपालिकाको प्रशासकीय भवन निर्माण गर्ने योजना स्थापनाको

पीएसबी नेपालको एक वर्ष पूरा, ‘एनटिभी वर्ल्ड’ शुभारम्भ हुँदै

काठमाडौं– सार्वजनिक सेवा प्रसारण (पीएसबी) नेपालले स्थापनाको एकवर्षे यात्रा पूरा

गर्भवतीलाई पोषण भत्ता वितरण

तनहुँ– तनहुँको व्यास नगरपालिकाले दुई सय ९५ गर्भवतीलाई पोषण भत्ता

रासायनिक मल वितरणका लागि ‘अनलाइन सिस्टम’ विकास गर्छौ : मन्त्री परियार

पर्सा– कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारले सरकारी

हङकङ सिक्सेस : यूएईसँग नेपाल ४३ रनले पराजित

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा