दुई बस त्रिशूलीमा खसेको ५ दिनपछि सिमलताल पुगे रवि लामिछाने | Khabarhub Khabarhub

दुई बस त्रिशूलीमा खसेको ५ दिनपछि सिमलताल पुगे रवि लामिछाने


१ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


14.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने गत शुक्रबार पहिरोले दुईवटा बस बगाएर त्रिशूलीमा खसालेको सिमलतालमा ५ दिनपछि पुगेका छन् ।

निवर्तमान गृहमन्त्रीसमेत रहेका उनी सरकारबाट बिदा भएपछि भरतपुर महानगरपालिका-२९ सिमलतालस्थित दुर्घटनास्थल पुगेर अवलोकन गरेका हुन् ।

उनी गृहमन्त्रीमा बहाल रहेकै बेला गत शुक्रबार बिहान ३ बजे पहिरोले दुईवटा बस बगाउँदा कम्तीमा पनि ६० जना यात्रु बेपत्ता भएका थिए ।

गृहमन्त्री रहेका बेला उनले उद्धारमा तीव्रता दिन निर्देश दिएका थिए । गृहमन्त्रीबाट हटेलगत्तै उनी सिमलताल पुगेर बेपत्ताका आफन्तलाई पनि भेटेका हुन् ।

चितवन क्षेत्र नम्बर २ का सांसदसमेत रहेका उनी त्यति ठूलो घटनापछि उनी सिमलताल नपुगेको भन्दै आलोचना भइरहेको थियो ।

लामिछाने मंगलबार बिहान सिमलताल पुगेर घटना विवरण र उद्धारको प्रगतिबारे जानकारी लिएको उनको सचिवालयले जानकारी दिएको छ । दुईवटा बस बगाएको घटनास्थल सिमलताल रविकै निर्वाचन क्षेत्रमा पर्छ ।

गत शुक्रबार बिहान ३ बजेको समयमा काठमाडौंबाट रौतहटको गौर गइरहेको एञ्जल यातायातको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको पहिरोमा सोहोरिएर त्रिशूलीमा खसेको थियो । जुन काउन्टरबाट टिकट काटेर चढेका ४ जना महिला र २३ जना पुरुष थिए ।

पहिरोले सोहोरेर वीरगञ्जबाट काठमाडौं गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको गणपति डिलक्सको बस पनि त्रिशूलीमा खसेको थियो । जसमा ५ महिलासहित ३८ जना यात्रुले काउन्टरबाट टिकट काटेर चढेका थिए ।

पहिरोले सोहोरेर त्रिशूलीमा झारेपछि गणपति डिलक्समा सवार ३ यात्रु भने बाँच्न सफल भएका छन् । बेपत्ता बसमा सवार १५ जना यात्रुको शव घटनास्थलबाट ४० देखि ५० किलोमिटर दक्षिणस्थित नारायणीमा भेटिएका छन् ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  १२ : २७ बजे

माओवादीको पक्षमा नयाँ लहर सुरु भएको छ : प्रचण्ड

चितवन– पूर्वप्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा ९माओवादी

जर्मनमा आप्रवासीमाथि कडा प्रतिबन्ध लगाउने प्रस्ताव अस्वीकृत

बर्लिन– जर्मन संसदले अति दक्षिणपन्थी एएफडीले समर्थन गरेको आप्रवासी विधेयक

लोकतान्त्रिक समाजवाद संस्थागत गर्न सहकारी अध्यादेश : देउवा

काठमाडौं – पूर्वप्रधानमन्त्री एवम्‌ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारीका

भारतको आर्थिक वृद्धि दर ६.८ प्रतिशत पुग्ने अनुमान

एजेन्सी – भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) आर्थिक वर्ष सन्

महोत्तरीका क्षयरोगीलाई पोषणयुक्त खाद्य सहयोग

महोत्तरी– गरिबी र रोगले गाँजेका महोत्तरीका क्षयरोगीलाई पोषणयुक्त खाद्य सामग्री