‘कन्डकटर’ले चलाएको बसले लियो मोटरसाइकल चालकको ज्यान | Khabarhub Khabarhub

‘कन्डकटर’ले चलाएको बसले लियो मोटरसाइकल चालकको ज्यान


१ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

बनियानी (झापा)- झापाको कनकाई नगरपालिका–२ स्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकले ज्यान गुमाएका छन् ।

ज्यान गुमाउनेमा कमल गाउँपालिका–५ का ४१ वर्षीय लक्ष्मीप्रसाद सुब्बा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताए ।

सोमबार बेलुका कनकाई–२ पवित्रा पेट्रोल पम्पनजिक पूर्वपश्चिम राजमार्गमा विराटनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश१–०१–००१ख ३४२३ नम्बरको बसले बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको को१९प ६२८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

प्रहरी नायब उपरीक्षक चन्दका अनुसार दुर्घटना गारउने उक्त बस कन्डक्टरले चलाएका थिए । कण्डक्टरले बस चलाउँदा दुर्घटना भएको बयान बसका चालक र सहचालकले दुवैले प्रहरीलाई दिएका छन् ।

मोरङको बेलबारीबाट उक्त बस झापाकै शिवसताक्षी नगरपालिका–६ का २७ वर्षीय कण्डक्टर पुण्य सिटौलाले चलाएर ल्याउने क्रममा दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा सुब्बाको दाहिने खुट्टा भाँचिएको थियो । टाउको र छातीमा चोट गम्भीर चोट थियो । उनको उपचारका क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा सोमबार राति ८ बजे मृत्यु भएको छ ।

प्रहरीले बस चालक इलामको माई नगरपालिका–८ का २२ वर्षीय सागर थुलुङ राई र सहचालक विराटनगर महानगरपालिका–२ का १९ वर्षीय दिपेश दर्जीलाई नियन्त्रणमा लिएको छ । रासस

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  २ : ०७ बजे

साउथ फिल्म खेल्न लागेका हुन् ऋतिक रोशन ?

काठमाडौं – बलिउड कलाकारहरु अहिले धमाधम दक्षिण भारतीय फिल्म साइन

बाजुरामा बन्यो ‘शान्ताको अचार’, उद्यममा जोडिए महिला 

नेकपा एमाले पोलिटब्युरो सदस्य शान्ता चौधरी बाजुरा आएको दश दिन

विलासिता कर फिर्ताको माग गर्दै सुनचाँदी व्यवसायी निरन्तर आन्दोलनमा (तस्बिरहरू)

काठमाडौं– सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी

परराष्ट्रमन्त्रीद्वारा इजरायलमा रहेका नेपालीबारे इजरायली राजदूतसँग जानकारी 

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र इरानबीचको युद्धबाट

सुनचाँदी व्यवसायीको आन्दोलन जारी

काठमाडौं – सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग