राति ८ बजे कार्यालय छिरेका थिए सिंहदरबारमा मृत भेटिएका कर्मचारी | Khabarhub Khabarhub

राति ८ बजे कार्यालय छिरेका थिए सिंहदरबारमा मृत भेटिएका कर्मचारी


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार भित्र मंगलबार मृत फेला परेका कर्मचारी बच्चुराम केसी सोमबार राति ८ बजे कार्यालय आएको देखिएको छ ।

योजना आयोगको सिसिटिभी फुटेजमा देखिएअनुसार ४५ वर्षीय केसी सोमबार कार्यालय समय सकिएर साढे ५ बजेतिर घर गएका थिए । तर, घर पुगिसकेपछि केसी राति ८ बजेतिर पुनः कार्यालयभित्र छिरेको देखिएको योजना आयोग स्रोतले खबरहबलाई जानकारी दियो ।

‘कार्यालय समय सकिएपछि उहाँ (केसी) साढे ५ बजेतिर घर गएको देखिन्छ,’ योजना आयोग स्रोतले खबरहबसँग भन्यो, ‘पछि राति ८ बजेतिर पुनः कार्यालय छिरेको देखिन्छ ।’

योजना आयोगको प्रशासन शाखाका नायव सुब्बा ४५ वर्षीय केसीको शव आयोगको मिटिङ हलमा फेला परेको थियो । मंगलबार बिहान ११ बजेतिर कार्यालयको बैठक बस्ने तयारी भइरहेका बेला केसीको शब फेला परेको स्रोतले खबरहबलाई जानकारी दियो ।

‘एकजना कार्यालय सहयोगी वैठकका लागि तयारी गर्न भित्र छिर्दा केसीको शव भेटिएको हो,’ योजना आयोग स्रोतले खबरहबसँग भन्यो, ‘केसीको शव भेटिएपछि अहिले बैठक बसेको छैन ।’

केसीको शव भेटिएको टाउँमा उनले वान्ता गरेको देखिएको स्रोतले खबरहबलाई जानकारी दियो । शव नजिकै उनले वान्ता गरेको देखिएकाले बिष सेवन गरेर आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।

यद्यपि प्रहरीले भने शवको परीक्षण गरेपछि मात्रै थप विवरण सार्वजनिक हुने जनाएको छ ।

काठमाडौंको कीर्तिपुर घर भएका ४५ वर्षीय केसीका श्रीमतिसहित एक छोरा र छोरी छन् । छोरी सानै रहेको र छोरा अध्ययनका लागि हाल अस्ट्रेलिया रहेका जनाइएको छ ।


प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  १ : ०१ बजे

एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

भक्तपुर – यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा एक साताभित्र

खैरो हिरोइनसहित नुवाकोटका चार युवा झापामा पक्राउ

झापा – झापाको भद्रपुर–७ आनिमार्गबाट २०० दशमलव ३९ ग्राम खैरो

पतञ्जलि जग्गा प्रकरण : यस्तो छ माधव नेपालविरुद्ध अदालतको आदेश

काठमाडौं – विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई रु ३५ लाख

मेडिकल क्षेत्रमा काम गर्नेले ‘चिकित्सा नैतिकता’ छोड्नु हुँदैन : पूर्व राष्ट्रपति यादव

चितवन – पूर्व राष्ट्रपति डा रामवरण यादवले स्वास्थ्य क्षेत्रमा काम

माधव नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं – पतञ्जलि योगपीठलाई हदबन्दी छुटमा जग्गा दिने निर्णयमार्फत आर्थिक