न्युरोडको फुटपाथ विस्तार आजदेखि पुनः सुरु « Khabarhub

न्युरोडको फुटपाथ विस्तार आजदेखि पुनः सुरु


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले अदालतको आदेशपछि न्युरोड (नयाँ सडक)मा सडकपेटी विस्तारको कामलाई निरन्तरता दिएको छ ।

महानगरपालिकाले पैदल मार्गलाई फराकिलो बनाउने काम आज बिहानदेखि सुरु गरको हो ।

यस अघि डिभिजन सडक कार्यालय, काठमाडौँको अवरोधपछि रोकिएको काम उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले महानगरपालिकाले माग गरेबमोजिमको अन्तरिम आदेश दिएपछि सुचारु गर्ने बाटो खुलेको थियो ।

सडकलाई पैदलयात्रुमैत्री बनाउन महानगरपालिकाले बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर जेठ ११ गतेदेखि काम थालेको थियो ।

जेठ १२ गते डिभिजन सडक कार्यालय, काठमाडौँले भौतिक रुपमा हस्तक्षेप गरेको थियो । यसपछि काम रोक्नका लागि १३ गते र १६ गते गरी २ वटा पत्र पठाएको थियो ।  डिभिजन कार्यालयले पठाएको पत्र अनुचित भनेर जेठ २७ गते महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो ।

अदालतले राज्य शक्तिको बाँडफाँडको सम्बन्धमा नेपालको संविधानको धारा ५७ ले व्यवस्था गरी उपधारा (१) ले संघको र उपधारा (४) ले स्थानीय तहको एकल अधिकारको सूचीको बारेमा गरेको प्रबन्ध अनुसार स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, सिँचाइ समेतका अधिकार स्थानीय तहमा रहने भनी व्यवस्था गरेको भन्दै महानगरको पक्षमा आदेश दिएको थियो ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  १० : २९ बजे

एमालेमा विधान संशोधन नहुने पक्का : पदाधिकारी र केन्द्रीय सदस्यसहित कम्तीमा १०७ नेताले गुमाउँदैछन् पद

काठमाडौं– नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा आज बसेको सचिवालय

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दार्चुलाबाट बडूको एकल नाम सिफारिस

दार्चुला – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

एमाले ११औँ महाधिवेशनको तयारी पूरा

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को ११औँ महाधिवेशनको तयारी पूरा

एमाले महाधिवेशन : प्यानल निर्माण गर्न ईश्वर पोखरेल छुट्टै छलफलमा

काठमाडौं – शनिबारदेखि सुरु हुन लागेको नेकपा एमालेको ११ औं

भिजिट भिसा प्रकरण: धरौटी बुझाएर रिहा भए सहसचिव तीर्थराज भट्टराई

काठमाडौं – भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण प्रकरणमा मुछिएका सहसचिव तीर्थराज