बंगलादेशमा आरक्षणविरुद्ध आन्दोलन : कम्तीमा ६ जनाको मृत्यु, अनिश्चितकाललाई शिक्षण संस्था बन्द « Khabarhub

बंगलादेशमा आरक्षणविरुद्ध आन्दोलन : कम्तीमा ६ जनाको मृत्यु, अनिश्चितकाललाई शिक्षण संस्था बन्द


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

ढाका- बंगलादेशमा सरकारी जागिरका लागि व्यवस्था गरिएको आरक्षणविरुद्ध प्रदर्शनका क्रममा कम्तीमा ६ जनाले ज्यान गुमाएका छन् ।

यस घटनापछि देशभरका सबै स्कुल र विश्वविद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । स्कुल र विश्वविद्यालय अर्को आदेश नआउन्जेल नखोल्न भनिएको छ ।

बंगलादेशमा सरकारी जागिरमा देशको स्वतन्त्रताका लागि लडेकाहरूका सन्तानलाई आरक्षण दिइएको छ ।

सन् १९७१ मा बंगलादेश ठूलो युद्धपछि पाकिस्तानबाट स्वतन्त्र भएर नयाँ देश बनेको थियो ।

आलोचहरूले आरक्षणको यो व्यवस्था बंगलादेशका प्रधानमन्त्री शेख हसिनालाई समर्थन गर्ने सरकारनिकट समूहका सन्तानलाई अनुचित लाभका लागि राखिएको बताइरहेका छन् ।

शेख हसिनाले जनवरी महिनामा लगातार चौथो पटक जित हासिल गरेकी थिइन् । उनी बंगलादेशका संस्थापक नेता शेख मुजीबुर्रहमानकी छोरी हुन् ।

बंगलादेशमा पछिल्ला कयौँ दिनयता सरकारी जागिरमा आरक्षणको यस व्यवस्थाविरुद्ध विरोध चर्किरहेको छ ।

यसअघि कयौँ सातासम्म चलेको विरोध प्रदर्शनपछि सन् २०१८ मा आरक्षणको यो व्यवस्था हटाइएको थियो । गत महिना मात्रै यो व्यवस्थालाई अदालतले फर्काइदिएपछि बंगलादेशमा आन्दोलन सुरु भएको हो ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ११ : ०८ बजे

समावेशी आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश

काठमाडौं– राष्ट्रिय समावेशी आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख खड्कालाई मानव अधिकार आयोगको बोलावट

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका

प्राधिकरणको प्रष्टीकरण- राहुघाट जलविद्युत आयोजना सञ्चालनमा आउन १० दिन लाग्छ

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले असोज ९ गतेदेखिको अविरल वर्षाका कारण

साढे तीन महिनापछि सुकेटारमा हवाई उडान

ताप्लेजुङ– ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि नियमित रुपमा हवाई

बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध

गुल्मी– एक सातादेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका मुख्य