बंगलादेशका नेपालीलाई दूतावासले भन्यो- अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कनू « Khabarhub

बंगलादेशका नेपालीलाई दूतावासले भन्यो- अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कनू


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बंगलादेशस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सचेत गराएको छ । 

बंगलादेशमा जारी कोटा विरोधी प्रदर्शनहरूमा भएका झडपलाई मध्यनजर गर्दै नेपाली दूतावासले नेपाली नागरिकलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सचेत गराएको हो । 

आन्दोलन चर्किदै गएपछि बंगलादेशको शिक्षा मन्त्रालयले सम्पूर्ण सरकारी तथा निजी विश्वविद्यालय र शैक्षिक संस्थाहरू अनिश्चतकालका लागि बन्द गरेको छ ।  

दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बंगलादेशमा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरूलाई सुरक्षित रहन, अत्यावश्यक कामबाहेक होस्टेल वा आफू बसेको स्थानबाट बाहिर ननिस्कन तथा आ–आफ्नो कलेज प्रशासनको निर्देशन पालना गर्नुहुन अनुरोध गरिन्छ ।’

दूतावासले कारणवश कलेज प्रशासनले होस्टेलवाट अन्य सुरक्षित स्थानमा जान निर्देशन दिएमा अथवा आफू बसेको स्थानमा सुरक्षा अवस्था प्रतिकुल भएमा दूतावासमा सम्पर्क गर्न पनि भनेको छ ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  १ : ३६ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा