वीरगञ्जबाट १५ लाख बढीको भन्सार छलीको सामान बरामद « Khabarhub

वीरगञ्जबाट १५ लाख बढीको भन्सार छलीको सामान बरामद


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज–  वीरगञ्जमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सारको टोलीको सक्रियतामा एकै दिनमा झण्डै १५ लाख रुपैयाँको भन्सार छलीको सामान बरामद गरिएको छ।

प्रस्तावित सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रमुख डीएसपी सुरज रिजालको कमान्डमा गएको गस्ती टोलीले भन्सार क्षेत्रबाट भारतीय नम्बरको स्कुटीमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको १ लाख ४३ हजार बराबरको अवैध सामान मंगलबार बरामद गरेको छ।

त्यस्तै, विशेष सूचनाको आधारमा डीएसपी रिजाल, वीरगन्ज भन्सार कार्यालयका नायब सुब्बा विष्णुप्रसाद चौधरी, जिल्ला प्रहरी कार्यालय पर्साका इन्स्पेक्टर विजय चौहानलगायत सशस्त्र प्रहरीको विभिन्न युनिटबाट गएको टोलीले वीरगन्ज-१६ स्थित रिमा अग्रवालको घरको दोस्रो तलामा भगवान यादवको  गोदाममा छापा मारेको थियो।

गोदाममा अवैध रुपमा भण्डारण गरिएको तीन लाख, १८ हजार ८०० बराबरको मल, सिलाउने मेसिन २ थान बरामद गरेको छ।

संयुक्त टोलीले मंगलबार साँझ वीरगन्ज-२ छपकैयामा भण्डारण गरिराखेको १० लाख बराबरको कपडा बरामद गरेको सशस्त्र प्रहरीका डीएसपी सुरज रिजालले जानकारी दिएका छन्।

झण्डै १५ लाख बराबरको बरामद अवैध सामानहरू मंगलबार अबेर साँझ वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी प्रस्तावित गुल्मले जनाएको छ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  १ : ४१ बजे

‘भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्न सरकारको ध्यान केन्द्रित’

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनका साथै मुलुकमा भ्रष्टाचारको अन्त्य गर्दै

एमालेले आफूलाई परिवर्तन नगरे कम्युनिस्ट आन्दोलन संकटमा पर्छ : ईश्वर पोखरेल (दस्तावेजसहित)

काठमाडौं-  नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने गरी

सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु

एजेन्सी– सुडानको दक्षिण कोर्डोफान राज्यको कालोगी क्षेत्रमा बिहीबार भएको आक्रमणमा

यस्तो छ ईश्वर पोखरेलले तयार पारेको ४० पेज लामो दस्तावेज 

काठमाडौं– एघारौँ महाधिवेशनमा आफ्ना माग र मुद्दाहरू सम्बोधन गर्नुपर्ने भन्दै

दस्तावेज बुझाउँदै वरिष्ठ उपाध्यक्ष पोखरेल : हाम्रा मुद्दाहरू महाधिवेशनमा समावेश हुन्छन्

काठमाडौं– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एघारौँ महाधिवेशनमा प्रस्तुत