वरिष्ठ अधिवक्ता बडाल महान्यायाधिवक्तामा नियुक्त « Khabarhub

वरिष्ठ अधिवक्ता बडाल महान्यायाधिवक्तामा नियुक्त


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बडाललाई बुधबार महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।

महान्यायाधिवक्ता सरकारको प्रमुख कानुनी सल्लाहकार पनि हो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

यसअघिका महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले सरकार परिवर्तन भएसँगै असार ३० गते नै राजीनामा दिएका थिए ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा नियुक्त पोखरेलले ओली प्रधानमन्त्रीमा नियुक्त भएसँगै राजीनामा दिएका थिए।

बडाल यसअघि ओली प्रधानमन्त्री हुँदा २०७७ चैत ६ गते पहिलोपटक महान्यायाधिवक्ता नियुक्त भएका थिए।

तर सर्वोच्च अदालतको परमादेशले ओली सरकार ढलेर शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि राजीनामा दिएका थिए।

२०७८ असार २९ गते राजीनामा दिएका बडालले पहिलो कार्यकालमा करिब चार महिना मात्रै काम गर्न पाए ।

बडाल नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता गठबन्धन निर्माणमा सक्रिय एक सदस्य हुन् ।

एमालेबाट बडालसँगै महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले कांग्रेससँग सहमति जुटाउन भूमिका खेलेका थिए ।

गत असार १७ गते मध्यराति एकजना व्यापारीको निवासमा कांग्रेस र एमालेबीच ७ बुँदे सहमति हुँदा बडाल पनि सहभागी थिए ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ४ : ०८ बजे

इरानद्वारा पुनः हमला सुरु, अबुधाबीमा विस्फोटको आवाज सुनियो

काठमाडौं – सोमबार इरानले पुनः क्षेप्यास्त्र आक्रमण सुरु गरेको छ

जातीय विभेदविरुद्ध ‘फास्ट ट्रयाक डेस्क’ सञ्चालन गर्न निर्देशन

काठमाडौं – दलित समुदायलाई कोठा भाडामा नदिएको भन्दै त्यसविरुद्ध दीपा

एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौं – सर्वोच्च अदालतले एकल महिला (विधवा)ले अर्को विवाह गरेमा

कर्णाली प्रदेश सरकारले दश वर्षे कृषि रणनीति तयार पार्दै

सुर्खेत – कर्णाली प्रदेश सरकारले टुक्रे आयोजनाबाट प्रतिफल नआउने भएपछि

सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानरीक्षक पौडेल

काठमाडौं – नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनलाई विश्वासिलो,