खानेपानी मन्त्री यादव र एडीबीका कन्ट्री डाइरेक्टरबीच भेट | Khabarhub Khabarhub

खानेपानी मन्त्री यादव र एडीबीका कन्ट्री डाइरेक्टरबीच भेट


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं खानेपानीमन्त्री प्रदीव यादव तथा नेपालका लागि एसियाली विकास बैंक (एडीबी) का कन्ट्री डाइरेक्टर अर्नाउड कौकोइसबीच शिष्टाचार भेटवार्ता भएको छ ।

आज मन्त्रालयमा भएको भेटवार्ताका क्रममा एडीबीका कन्ट्री डाइरेक्टर अर्नाउडले खानेपानीको क्षेत्रमा नेपालमा एडीबीले गर्दै आएका काम कारवाहीका विषयमा जानकारी दिएका थिए ।

सोही भेटघाटका क्रममा एडीबीको सहयोग र सहकार्यमा नेपालमा सञ्चालित विभिन्न खानेपानी सम्बन्धी कार्यक्रम तथा परियोजनाहरूको बारेमा छलफल भएको थियो । 

भेटवार्ताकै क्रममा अर्नाउडले मेलम्ची खानेपानी आयोजनाको वर्तमान अवस्था र प्रगतिको विषयमा मन्त्री यादवलाई विशेष जानकारी दिए । यसैगरी अर्नाउडले एडीबीले खानेपानीका क्षेत्रमा नेपालमा फेरी पनि सहयोग गर्ने अपेक्षा गरेको जानकारी दिए ।

मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा २०२१ मा आएको बाढी पहिराले हेडवक्र्स पुरै बगाएर क्षेती गरेकाले उक्त हेडवक्र्सलाई ठाउँ परिर्वतन गरी पानी बितरण सहज गर्ने कार्यका लागि आफूहरूले सहयोग गर्ने डाइरेक्टर अर्नाउडले बताए ।

भेटवार्ताकै क्रममा नेपालका खानेपानीको दीर्घकालीन प्रभाव, परियोजनाहरूको सफल कार्यान्वयन र भविष्यमा एडीबीको थप सहयोगको संभावनाका बारेमा पनि विस्तृत छलफल गरिएको थियो । सोही भेटवार्ताका क्रममा मन्त्री यादवले नेपाल सरकार र एडीबीबीचको थप सहयोग र यस प्रकारको सहकार्यले खानेपानीको पहुँचलाई थप सुदृढ बनाउने  विश्वास व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ५ : ३७ बजे

मलामी गएका किशोरको डुबेर मृत्यु

दैलेख – मलामी गएका गुराँस गाउँपालिका–४ रिठाका ११ वर्षीय कमल

मोहन वैद्य अस्पतालबाट डिस्चार्ज

काठमाडौं – क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य महाराजगञ्जस्थित

स्टुडियोमा समाचार पढिरहेकै बेला इरानी टेलिभिजनमा बम हान्यो इजरायलले

तेहरान — इरानको सरकारी सञ्चार संस्था आईरआईबीले सोमबार एक आकस्मिक

नेदरल्यान्ड्सले नेपाललाई दियाे १५३ रनको लक्ष्य

स्कटल्याण्ड – स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आजको खेलमा

तीन दिनदेखि बेपत्ता पुरुषको शव फेला

तनहुँ – गत शनिबारदेखि बेपत्ता यहाँको बन्दीपुर गाउँपालिका–३ का ५६