प्रयाप्त दरबन्दी नहुँदा मुद्दा फछर्यौट र फैसला लेखनमा समस्या « Khabarhub

प्रयाप्त दरबन्दी नहुँदा मुद्दा फछर्यौट र फैसला लेखनमा समस्या


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उच्च अदालत विराटनगरले प्रयाप्त दरबन्दी नहुँदा मुद्दा फछर्यौट र फैसला लेखनमा समस्या भएको जनाएको छ । 

बुधवार उच्च अदालत विराटनगरले आयोजना गरेको अन्तक्र्रियामा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेश प्रसाद राजभण्डारीले मुद्दाको चाप अत्यधिक रहेको र ९ जना मात्र न्यायाधीश रहेकाले मुद्दा फछ्र्र्यौटमा समस्या भएको बताएका छन् ।

उनले १२ जना न्यायाधीशको दरबन्दी भएपनि ९ जना मात्र न्यायाधीश हुँदा ४ वटा मात्र बेन्च बस्ने गरेकोले पर्याप्त मुद्दाको फछर्यौट गर्न नसकिएको गुनासो गरे  ।

पछिल्लो समय एउटा जिल्ला समेत थपिएको र मुद्दाको चाप बढेको हुनाले दरबन्दी अनुसार न्यायाधीश पठाउन उनले आग्रह गरे ।

उच्च अदालत विराटनगरले गत आर्थिक वर्षमा नयाँ र पुराना गरी ७ हजार ४ सय ३७ वटा मुद्दा दर्ता भएकोमा ३ हजार २ सय ५४ वटा मुद्दा फछर्यौट गरेको जनाएको छ । 

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ६ : ३४ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा