आज २०८१ साल साउन ३ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८१ साल साउन ३ गते बिहीबारको राशिफल


३ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल साउन ३ गते बिहीबार तदनुसार सन् २०२४ जुलाई १८ तारिख। असार शुक्ल पक्षको द्वादशी तिथि। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : सामान हराउने जोखिम भएकाले सचेत बन्नुपर्नेछ। स्वदेशमै अवसरको ढोका खुला हुनेछ। स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवार र सामाजिक क्षेत्रमा सहजता मिल्नेछ।

वृष : लामो समय रोकिएको धन प्राप्त हुनेछ। सोचेको काम बन्ने योग छ। व्यापारमा फाइदा हुनेछ। स्वास्थ्यमा लगानी भए प्रगति हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। नयाँ ठाउँको यात्रा गर्ने योग छ। पुराना साथीसँगको भेटले मन खुशी हुनेछ।

मिथुन : श्रमको उचित मूल्यांकन हुनेछ। नयाँ ठाउँमा लगानीको अवसर मिल्नेछ। धेरै अवसर प्राप्त हुने दिन छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : राम्रो कामको चर्चा हुनेछ। धेरै अवसर तपाईंकै वरिपरि घुमिरहेका छन्। वैदेशिक क्षेत्रको लगानीबा फाइदा हुनेछ। पुरानो लगानी उठ्ने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : काममा ढिलासुस्ती हुने भएकाले विवेक प्रयोग गर्ने दिन छ। क्षमता प्रदर्शन गर्नुपर्ने ठाउँमा ज्ञानको उपयोग गर्नु राम्रो हुन्छ। काम गर्ने ठाउँमा अधिकारका लागि संघर्ष गर्नुपर्नेछ। शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारको सुझाव लिएर मात्र अगाडि बढ्नु राम्रो हुन्छ।

कन्या : धार्मिक क्षेत्रमा मन जानेछ। विद्याको क्षेत्रमा सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। काम गर्ने उत्साह बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। लगानी गरेको भए शिक्षा क्षेत्रबाट फाइदा हुनेछ।

तुला :यात्रा सफल बन्नेछ। सामान्य लगानी गरे पनि आम्दानी राम्रो हुनेछ। तपाईंको प्रशंसा हुनेछ। आफ्नो निजी काम भन्दा पनि परोपरकामा समय दिनु राम्रो हुनेछ। व्यापार क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।

वृश्चिक : आकस्मिक लाभ हुनेछ। अल्झिरहेको काम बन्नेछ। व्यपारमा देखिएको समस्या समाधान हुनेछ। नयाँ क्षेत्रको भ्रमण हुनेछ। आफन्तसँगको भेटले मन खुसी हुनेछ।

धनु : लगानीको क्षेत्रमा प्रगति हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। पेट सम्बन्धी रोग बढ्ने भएकाले खानपानमा ख्याल गर्नु राम्रो हुनेछ। गलत संगत त्याग्नु राम्रो हुनेछ।

मकर : शिक्षाको लगानीबाट सफलता मिल्नेछ। सामाजिक र राजनीतिक काममा झन्झट आइपर्ने देखिन्छ। परिवारको मर्म नबुझ्दा व्यवहारमा खटपटी हुनसक्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : कमाउने भन्दा भएको सम्पत्ति जोगाउनतर्फ लाग्नु राम्रो हुनेछ। पेट पोल्ने, अरुले बोलेको मन नपर्ने हुनसक्छ। मन अशान्त हुने दिन छ। यसबाट जोगिन परिवारसँग सल्लाह गरेर व्यवहार गर्नु राम्रो हुनेछ।

मीन : रोकिएको धन हात लाग्नेछ। दैनिकी सहज छ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षा प्रगति हुनेछ। परिवारमा मेलमिलाप हुनेछ। लगानी भए वैदेशिक क्षेत्रमा उत्साह बढ्नेछ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार  ५ : १० बजे

त्रिवि शिक्षण अस्पतालले स्वास्थ्यबीमा कार्यक्रम पुनः सुरु गर्दै

काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ओपीडी

उपचारका लागि अस्पतालमा ‘ट्र्याज प्रणाली’ लागू

लुम्बिनी– लुम्बिनी प्रादेशिक अस्पतालले बिरामीको बढ्दो चापलाई व्यवस्थित गर्न आकस्मिक

मेस्सीको अर्को ऐतिहासिक कीर्तिमान, लगातार सात विश्वकप खेलमा गोल गर्ने पहिलो पुरुष खेलाडी

काठमाडौं– अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले आफ्नो ऐतिहासिक करियरमा अर्को दुर्लभ

कोरियाबाट फर्केर व्यावसायिक कृषि फार्म सञ्चालन

पर्वत– बिहादी गाउँपालिका-१ बाच्छाका ४० वर्षीय शिवकुमार क्षेत्रीले कोरियाबाट फर्केर व्यावसायिक

भोजपुरको थुम्लुङ खोलामा पक्की पुल निर्माण हुँदै

भोजपुर– भोजपुरको तेञ्जिङ–हिलारी राजमार्गअन्तर्गत पर्ने थुम्लुङ खोलामा पक्की पुल निर्माण