राजनीतिक नियुक्तिका कारण सही नीति निर्माण हुन सकेन : रवि लामिछाने « Khabarhub

राजनीतिक नियुक्तिका कारण सही नीति निर्माण हुन सकेन : रवि लामिछाने


३ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक नियुक्तिका कारण मुलुकमा सही नीति निर्माण हुन नसकेको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार काठमाडौंमा आयोजना गरेको नीति मन्थन मौद्रिक नीतिबारे अन्तरक्रिया कार्यक्रममा लामिछानेले सरकारका पुग्ने बितिकै दलहरूको प्राथमिकता राजनीतिक नियुक्तिमा रहने गर्दा त्यसका कारण मुलुकमा सही नीति निर्माण हुन नसकेको बताएका हुन् । 

राजनीतिक नियुक्ति स्वार्थप्रेरित हुने हुँदा उनीहरूबाट बनाउने नीतिहरू पनि देशका लागि नभइ आफ्ना स्वार्थका आधारमा बन्ने उनको भनाइ छ ।

उनले ठूला भनिएका राजनीतिक दलहरूलाई कार्यकर्ता र भातृसंगठनको भारी बोक्नुपरेको र उनीहरूको पार्टीप्रतिको योगदान चुकाउन राष्ट्रिय सम्पत्ति दोहन हुने गरेको जिकिर गरे । 

सभापति लामिछानेले दुई ठूला राजनीतिक दलहरूले नै सरकार बनाउदा राजनीतिक नियुक्तिहरू झन बढेर जाने र मुलुकको नीतिहरू अस्तव्यस्त हुने आशंका व्यक्त गरे । अहिलेको ठूला दलहरूको मिलन देशको हितमा हुने संकेत नदेखिएको उनले बताए ।

राष्ट्र निर्माण र नीति निर्माण गर्ने क्रममा विज्ञहरूको रायसल्लाह आवश्यक रहेकोले नीति मन्थनलाई आवश्यकता अनुसार निरन्तरता दिने जिकिर गरे । 

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार  ५ : ३६ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।