कांग्रेससँगै लोसपा पनि मधेश सरकारमा मिसियो, रानीकुमारी शिक्षामन्त्री | Khabarhub Khabarhub

कांग्रेससँगै लोसपा पनि मधेश सरकारमा मिसियो, रानीकुमारी शिक्षामन्त्री


३ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.7k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेश सरकारमा नेपाली कांग्रेससँगै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी पनि सहभागी हुने भएको छ ।

अर्थ मन्त्रालयसहित ४ मन्त्रालयको नेतृत्व गर्नेगरी कांग्रेस प्रदेश सरकारमा सहभागी हुँदै गर्दा लोसपाले पनि एक मन्त्रालय पाएको छ ।

मधेशमा लोसपाको तर्फबाट रानीकुमारी शर्मा तिवारी शिक्षा तथा संस्कृति मन्त्री बनेकी छन् ।

शिक्षा तथा संस्कृति मन्त्री रहेका नेकपा एमालेका राजकुमार लेखीलाई गृह तथा सञ्चचार मन्त्रालयको जिम्मा दिइएको छ । कांग्रेस र लोसपाका नयाँ मन्त्रीहरूको शपथ बिहीबारै साँझ जनकपुरधाममा हुँदैछ ।

मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले कुरा मिलेपछि कांग्रेस र लोसपा सरकारमा मिसिएको बताए । 

उनले भने ‘कांगेसलाइ अर्थसहित चार मन्त्रालय दिने सहमति भएपछि सहभागी भएको छ । लोसपा पनि सरकारमा मिसिएको छ ।’

कांग्रेसबाट जनार्दन सिंह क्षेत्रीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सुनिलकुमार यादवले अर्थ मन्त्रालय, शेष नारायण यादवले ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय र कौशलकिशोर रायले श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् । 

यसअघि कांग्रेसले अर्थ मन्त्रालय पाउनुपर्ने अडान नछाडेपछि मुख्यमन्त्री सिंहले मन्त्रिपरिषद् विस्तार गर्न सकेका थिएनन् ।  

मधेशमा मिसिएपछि केन्द्रमा यही आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले लोसपाबाट विश्वासको मत पाउने पक्का भएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार  ७ : १५ बजे

हल भिजिटमा पुगेका अनमोललाई प्रश्न : ‘जेरी अन टप’को पहिलो दिनको व्यापार करोड कट्छ ?

काठमाडौं – शुक्रबारबाट प्रदर्शनमा आएको नायक अनमोल केसी स्टारर फिल्म

एमाले बैठकस्थलमा युवाको नारा – ‘वी लभ यू केपी बा’

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठकस्थलमा अध्यक्ष केपी शर्मा ओलीका

एमालेको महाधिवेशन मंसिर २७ देखि पोखरामा, यस्ता छन् विभिन्न २२ प्रस्ताव

काठमाडौं– नेकपा एमालेले ११ औँ महाधिवेशन मंसिर २७ देखि २९

अपराजित रहँदै नेपालले जित्यो आईसीसी टि ट्वान्टी छनोटको उपाधि

काठमाडौं- सामोआविरुद्ध उत्कृष्ट जित निकाल्दै नेपालले आईसीसी टि ट्वान्टी विश्वकप