कांग्रेससँगै लोसपा पनि मधेश सरकारमा मिसियो, रानीकुमारी शिक्षामन्त्री « Khabarhub

कांग्रेससँगै लोसपा पनि मधेश सरकारमा मिसियो, रानीकुमारी शिक्षामन्त्री


३ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.7k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेश सरकारमा नेपाली कांग्रेससँगै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी पनि सहभागी हुने भएको छ ।

अर्थ मन्त्रालयसहित ४ मन्त्रालयको नेतृत्व गर्नेगरी कांग्रेस प्रदेश सरकारमा सहभागी हुँदै गर्दा लोसपाले पनि एक मन्त्रालय पाएको छ ।

मधेशमा लोसपाको तर्फबाट रानीकुमारी शर्मा तिवारी शिक्षा तथा संस्कृति मन्त्री बनेकी छन् ।

शिक्षा तथा संस्कृति मन्त्री रहेका नेकपा एमालेका राजकुमार लेखीलाई गृह तथा सञ्चचार मन्त्रालयको जिम्मा दिइएको छ । कांग्रेस र लोसपाका नयाँ मन्त्रीहरूको शपथ बिहीबारै साँझ जनकपुरधाममा हुँदैछ ।

मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले कुरा मिलेपछि कांग्रेस र लोसपा सरकारमा मिसिएको बताए । 

उनले भने ‘कांगेसलाइ अर्थसहित चार मन्त्रालय दिने सहमति भएपछि सहभागी भएको छ । लोसपा पनि सरकारमा मिसिएको छ ।’

कांग्रेसबाट जनार्दन सिंह क्षेत्रीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सुनिलकुमार यादवले अर्थ मन्त्रालय, शेष नारायण यादवले ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय र कौशलकिशोर रायले श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् । 

यसअघि कांग्रेसले अर्थ मन्त्रालय पाउनुपर्ने अडान नछाडेपछि मुख्यमन्त्री सिंहले मन्त्रिपरिषद् विस्तार गर्न सकेका थिएनन् ।  

मधेशमा मिसिएपछि केन्द्रमा यही आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले लोसपाबाट विश्वासको मत पाउने पक्का भएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार  ७ : १५ बजे

सीके राउतले गरे रास्वपा र प्रधानमन्त्रीको प्रशंसा

काठमाडौं- जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टीको

रास्वपा महाधिवेशनमा पुगे विपक्षी दलका छ नेता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनको उद्घाटन सत्रमा विपक्षी दलका

नेपालको समस्या स्रोतको र सम्भावनाको अभाव पनि होइन, गलत प्रोत्साहन संरचना हो : डा वाग्ले

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको समस्या स्रोतको अभाव र

रवि र बालेनसँगै गगनले पनि बजाए रास्वपाको घण्टी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा पुगेका नेपाली कांग्रेसका सभापति

रास्वपा महाधिवेशनमा पुगेनन् श्रम संस्कृतिका नेताहरू 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा नयाँ वैकल्पिक शक्ति श्रम