बागमती प्रदेशमा ७० प्रतिशत रोपाइँ सम्पन्न « Khabarhub

बागमती प्रदेशमा ७० प्रतिशत रोपाइँ सम्पन्न


३ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– बागमती प्रदेशमा हालसम्म ७० प्रतिशत रोपाइँ सकिएको छ । प्रदेशको १३ जिल्लामा साउन १ गतेसम्म ७० प्रतिशत अर्थात ७९ हजार दुई सय ५७ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय हेटौँडाले जनाएको छ ।

मन्त्रालयका अनुसार, कूल एक लाख १४ हजार पाँच सय ६१ हेक्टर धान खेतीयोग्य जमिन मानिने बागमतीमा ७९ हजार दुई सय ५७ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको हो । मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीका अनुसार, सबैभन्दा बढी रोपाइँ दोलखामा र सबैभन्दा कम रोपाइँ धादिङमा भएको छ । 

दोलखामा दुई हजार चार सय ७६ हेक्टर र धादिङमा छ हजार ४६ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । 

काठमाडौँमा पाँच हजार ३७ हेक्टर, भक्तपुरमा दुई हजार सात सय १५ हेक्टर, चितवनमा १८ हजार आठ सय ७८ हेक्टर, मकवानपुरमा पाँच हजार आठ सय ५९ हेक्टर र नुवाकोटमा सात हजार सात सय ५८ हेक्टर जमिनमा धान रोपाइँ सम्पन्न भएको छ ।

सिन्धुलीमा आठ हजार ५६ हेक्टर, रामेछापमा पाँच हजार एक सय ८७ हेक्टर, काभ्रेपलान्चोकमा सात हजार चार सय ३३ हेक्टर, रसुवामा  सात सय ८३ हेक्टर र सिन्धुपाल्चोकमा पाँच हजार सात सय हेक्टर जमिनमा धान रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार  ७ : १६ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने