प्रहरीमाथि गोली हान्ने सहनी नौ वर्षपछि पक्राउ | Khabarhub Khabarhub

प्रहरीमाथि गोली हान्ने सहनी नौ वर्षपछि पक्राउ


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– नौ वर्षअघि सर्लाहीका प्रहरी नायब निरीक्षक लवजंग चौहानमाथि गोली प्रहार गरी फरार एकजनालाई प्रहरीले पक्राउ गरेको छ । तत्कालीन भूमिगत तराई मुक्ति मोर्चाका कार्यकर्ता गरुडा नगरपालिका २ निवासी ४२ वर्षीय राम एकबाल सहनीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

गत २०६७ साल मंसिर १७ गते बेलुकी तत्कालीन भूमिगत तराई मुक्ति मोर्चाका कार्यकर्ताको हतियारधारी समूहले ईलाका प्रहरी कार्यालय हर्कटवा, सर्लाहीका नायब निरीक्षक चौहानमाथि गोली प्रहार गरेको थियो । उक्त घटनामा उनी घाइते भएका थिए ।

चौहानमाथि गोली प्रहार गरी घाइते बनाएर फरार भएकामध्ये सहनीलाई गरुडाको झाझ पुलबाट पक्राउ गरिएको प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिए ।

प्रहरी नायब निरीक्षक चौहानको कमाण्डमा गस्तीमा खटिएको टोलीमाथि तत्कालिन भूमिगत मोर्चाका हतियारधारी समूहले आक्रमण गरेको थियो ।

गोली लागेर घाइते भएका चौहानको साथमा रहेको ५४ एम एमको चाईनिज पेस्तोल पनि उनीहरुले लुटेर लगेका थिए । उक्त घटनामा संलग्नहरुको खोजी कार्य जारी रहेको अवस्थामा हालसम्म विभिन्न समयमा ३ जना पक्राउ परिसकेका छन् ।

घटनामा संलग्न अन्य दुई जना भने फरार रहेका थिए । सहनी पक्राउ परेसँगै अर्का एक जना मात्रै पक्राउ पर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सहनीबिरुद्ध आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  ४ : ४६ बजे

तीजमा रमाउँदै श्रद्धालु महिला (तस्बिरहरू) 

काठमाडौं– भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज महादेवको

तनहुँमा एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि

तनहुँ– तनहुँमा एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको छ

तीज पर्वले विभिन्न समुदायबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँछ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले तीज पर्वले पारिवारिक सम्बन्धलाई बलियो बनाउँदै

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

तीज : संस्कृति, मनोरञ्जन र सामाजिक जागरणको त्रिवेणी

नेपाल सांस्कृतिक र धार्मिक पर्वले भरिएको देश हो । यहाँका