मानव बेचबिखनको आरोपमा एक जना पक्राउ | Khabarhub Khabarhub

मानव बेचबिखनको आरोपमा एक जना पक्राउ


३ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘भिजिट भिसा’मा कुवेत पुर्‍याई बेचबिखन गरेको अभियोगमा मोरङ रङ्गेली नगरपालिका–३ का ५७ वर्षीय कृष्ण अधिकारी भन्ने झयन्द्रकुमार अधिकारीलाई प्रहरीले बुधबार पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पीडितको उजुरीका आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरी टोलीले अधिकारीलाई ललितपुर महानगरपालिका–२४ बाट पक्राउ गरेको हो ।

अधिकारीले पीडितलाई दुबइमा मासिक रु ४० हजार तलब हुने काममा लगाइदिने प्रलोभन देखाइ रु दुई लाख नगद लिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार पीडितलाई दुबइमा रहेका अर्का अभियुक्तसँग मिलेमतोगरी अन्तर्वार्ता लिएको र भिजिट भिसामा विसं २०७९ जेठ १६ गते दुबई पु(याइ बन्धक बनाइएको थियो । बन्धक बनाएपछि घरेलु काममा लगाई चरम श्रम शोषण तथा यौनशोषणगरी गर्भपतन गराएको पाइएको छ ।

“युएइमाभन्दा कुवेतमा राम्रो तलब हुन्छ, अफिसमा क्लिनरको काम हो भनि प्रलोभन देखाइ २०८० वैशाख २८ गते दुबईबाट कुवेत पु(याइ एजेन्ट अफिसलाई जिम्मा लगाएको र एजेन्ट अफिसले पीडितलाई बन्धक बनाई चरम श्रमशोषणगरी यौनशोषण गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ”, प्रहरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “पीडितले नेपाल फर्काइदिन अनुरोध गर्दा रु छ लाख ७५ हजार रकम बुझाउन भनेपछि आफन्तमार्फत उक्त रकम बुझाइ २०८० मङ्सिर ३ गते नेपाल फर्कन सफल भएका थिए ।”

अधिकारी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट पाँच दिन म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार  ९ : ४० बजे

नेपाल-भारतबीच ऊर्जा आदानप्रदान र प्रसारण सञ्जाल विस्तारमा सात बुँदे सहमति

पोखरा- नेपाल र भारतबीचको ऊर्जा सहयोगलाई थप सुदृढ बनाउने उद्देश्यसहित संयुक्त

तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको

पूर्वमा ‘जारी २’को प्रि-बुकिङमा चाप

काठमाडौं – कात्तिक २१ बाट प्रदर्शनमा आउन लागेको उपेन्द्र सुब्बा

झलनाथ खनालले आज प्रचण्डलाई भेट्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आज माओवादी

च्याम्पियन्स लिग : लिभरपुलले रियल म्याड्रिडलाई हरायो

काठमाडौं – च्याम्पियन्स लिगमा लिभरपुलले रियल म्याड्रिडलाई हराएको छ। गएराति