मन्त्रिपरिषद् समितिमा पाँच सदस्य तोकिए « Khabarhub

मन्त्रिपरिषद् समितिमा पाँच सदस्य तोकिए


४ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सरकारले मन्त्रिपरिषद्का पाँच समिति गठन गरी तिनका संयोजक तोकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार सिंहदरबारमा भएको मन्त्रिपरिषद्को बैठकले राजनीतिक, प्रशासन, आर्थिक पूर्वाधार, विधेयक र सामाजिक समितिको संयोजक तोकेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार बैठकले राजनीतिक समितिको संयोजकमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र आर्थिक पूर्वाधार समितिको संयोजकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई तोकेको छ ।

प्रशासन समितिको संयोजकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङ, सामाजिक समितिको संयोजकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी र विधेयक समितिको संयोजकको जिम्मेवारी गृहमन्त्री रमेश लेखकलाई दिइएको छ ।

बैठकले प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव विष्णु रिमाल र आर्थिक सल्लाहकारमा पूर्वअर्थमन्त्री डा युवराज खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

नयाँदिल्लीमा आयोजना हुने युनेस्को विश्व सम्पदा समितिको ४६औँ बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेयलाई साउन ६ देखि ११ सम्म सहभागी हुन बैठकले अनुमति दिएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  १० : २६ बजे

रास्वपा शिक्षा विभाग प्रमुखमा मिलन पाण्डे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा

रास्वपा कर्णाली प्रदेशको सहमहामन्त्रीमा साह र सुवेदी मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कर्णाली प्रदेश सहमहामन्त्रीमा राजबहादुर

आजका समाचार : सरकार चोख्याउने रविको भाषण, संसद अधिवेशन भोलिदेखि र अभिनेता विजय अब मुख्यमन्त्री

सरकारका काम सोचविचारपूर्ण छन्, दुखमनाउ गर्नुपर्दैन : सभापति लामिछाने राष्ट्रिय

देउवाले थला पारेका भ्रातृसंगगठनलाई गगनले झन् गिजोले

काठमाडौं- नेपाली कांग्रेसको गत सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले

सुकुम्वासी समस्याको दीर्घकालीन समाधान आवश्यक छ : अध्यक्ष घिसिङ

चन्द्रपुर (रौतहट)- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सुकुम्वासी समस्याको