न्यूरोडमा फुटपाथ विस्तार- सडक विभागपछि स्थानीयसँग महानगरको द्वन्द्व (तस्बिरहरू) « Khabarhub

न्यूरोडमा फुटपाथ विस्तार- सडक विभागपछि स्थानीयसँग महानगरको द्वन्द्व (तस्बिरहरू)


४ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


7.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उच्च अदालतको आदेशपछि सुरु भएको काठमाडौंको न्यूरोडस्थित फुटपाथ विस्तारको कामलाई स्थानीयबासीले अवरोध गरिदिएका छन् ।

महानगरपालिकाले फुटपाथ फराकिलो गरिरहेका बेला शुक्रबार बिहानदेखि स्थानीयले विरोध गरेर काममा अवरोध गरेका हुन् ।

स्थानीयबासीसँगै काठमाडौं महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष चीनकाजी महर्जन पनि विरोधमा उत्रिएका छन् । उनी र महानगरका मेयर बालेन्द्र साहबीच केही महिनादेखि सार्वजनिक रुपमै द्वन्द्वको अवस्था देखिएको छ ।

यसअघि पाटन उच्च अदालतको आदेशपछि महानगरले बुधबार बिहानदेखि फुटपाथ विस्तारको काम अगाडि बढाएको थियो ।

सुरुमा फुटपाथ विस्तारको कामलाई डिभिजन सडक कार्यालय, काठमाडौंले अवरोध गरिदिएको थियो । आफ्नो क्षेत्राधिकारको सडक महानगरले जथाभावी भत्काएको आरोप सडक विभागको थियो ।

तर न्यूरोडको जुद्ध शालिकदेखि इन्द्रचोकसम्म फुटपाथ विस्तार अघि बढिरहेका बेला अब महानगरसँग स्थानीयबासी पनि द्वन्द्वमा उत्रिएका हुन् ।

फुटपाथ विस्तारको विरोधमा स्थानीय उत्रिएपछि नेपाल प्रहारी र नगर प्रहारीलगायत तैनाथ थिए । महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेसहित तैनाथ भए पनि स्थानीयले काममा अवरोध गरेका हुन् ।

यससँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको योजनामा अघि बढेको फुटपाथ विस्तारले स्थानीयबासीसँग पनि द्वन्द्वको अवस्था ल्याएको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी
  

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  १२ : ५८ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था