जब काठमाडौं आइरहेको यात्रु बसमाथि पहिरो खस्यो… « Khabarhub

जब काठमाडौं आइरहेको यात्रु बसमाथि पहिरो खस्यो…


४ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बझाङबाट संघीय राजधानी काठमाडौंतर्फ आइरहेको एउटा बस ठूलो दुर्घटनाबाट जोगिएको छ ।

शुक्रबार बझाङको जयपृथ्वी राजमार्गअन्तर्गत छविसपाथिभेराको भ्यागुते खोलानजिक सडकमाथिबाट खसेको पहिरो बसमै परेको थियो ।

सबैभन्दा पछाडि रहेको उक्त यात्रु बस गुडिरहेकै बेला अचानक माथिबाट ठूलो पहिरो खसे पनि पल्टाउन सकेन ।

पहिरोले बसको पछिल्लो भागलाई धकेलेर भिरतर्फ धकेलेको थियो । तर ठूलो आकारको बस भएकाले पहिरोले सडकभन्दा तल झार्न सकेन ।

अघिल्लो शुक्रबार बिहान ३ बजे चितवनको भरतपुर महागनरपालिका-२९ स्थित सिमलतालमा यस्तै पहिरोले दुईवटा बस सोहोरेर त्रिशूलीमा हालेको थियो । ती दुवै बस अहिलेसम्म फेला परेका छैनन् ।

मनसुनको समय भएकाले खासगरी पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिम छ । सुदूरपश्चिमी पहाडमा पनि पहिरोको उच्च जोखिम यथावत छ ।

भिडियो

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ३ : २४ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी