दलितलाई मन्त्री नबनाएका दलहरूले पश्चाताप गर्नुपर्छ | Khabarhub Khabarhub

दलितलाई मन्त्री नबनाएका दलहरूले पश्चाताप गर्नुपर्छ



प्रतिनिधि सभामा दलित महिला र सीमान्तकृत समुदायको आवाज बुलन्द पार्ने शान्ति परियार विश्वकर्मा चितवनबाट कांग्रेस समानुपातिक सांसद् भएकी हुन् । उनी दलित आन्दोलनबाट उदाएकी नेतृ पनि हुन् । परियारले सामान्य किसानकी परिवारबाट प्रतिनिधित्व गर्छिन् । कांग्रेसको राजनीति बच्चादेखि नै नजानी–नजानी शुरू गरेको बताउने उनी नेकपा (माओवादी केन्द्र) मा पटक–पटक अवसर आउँदा पनि नगएको दाबी गर्छिन् । समाजमा आफू हेपिँदा लड्ने, स्कूलमा छोइछिटो गर्न खोज्दा पानी राखेको घैंटो नै फुटाइदिनेदेखि दलित समुदाय उपस्थित नगराइएको/नभएको मञ्चमा माइक खोस्ने सम्मका गतिविधि गरी उनले विभेदविरुद्ध आफूलाई खरो उतारिन् । चरम जातीय विभेदबीच हुर्किएकी परियार अहिले पनि संसद्मा आक्रामक ढङ्गले प्रस्तुत हुन्छिन् । विभेदमा पारिएकाका पक्षमा न्यायका आवाज उठाउँछिन् ।
निर्वातमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् गठन गरेपछि उनले ‘दलित मन्त्रीहरू खै ?’ भनेर प्रतिनिधि सभामा प्रश्न समेत गरेकी थिइन् । तर, उनी आवद्ध पार्टी कांग्रेस र संसद्को दोस्रो ठूलो दल एमाले मिलेर बनेको नयाँ गठबन्धन सरकारमा पनि दलित प्रतिनिधित्व छैन । अघिल्लो मन्त्रिमण्डलमाथि दलित प्रतिनिधित्वबारे सवाल उठाएकी परियारले नयाँ सरकारमाथि पनि प्रश्न उठाउलिन् या चुप बस्लिन् ! परियारको पारिवारिक र राजनीतिक जीवन एवम् समसामयिक विषयमा गरिएको कुराकानीको संक्षिप्त अंश :

आफूलाई कसरी चिनाउनुहुन्छ ?
म गोरखा घैरुङ गाउँको सामान्य किसान परिवारमा जन्मिएकी हुँ । मेहनत, लगनशीलता र संघर्षले यहाँसम्म आएको छु । यसका लागि धेरै ठूलो देन मेरा बुबा आमाको छ । म घरको जेठी छोरी हुँ । आमाबुबाले कुनै कुरामा रोकतोक नगरेका कारण म यहाँ छु ।

म ६ वर्षकी छँदा हाम्रो परिवार चितवन झरेको हो । अहिले हामी चितवनको बाह्रघरे भन्ने ठाउँमा बस्छौँ । त्यहीको स्थानीय स्कूलमा कक्षा ५ सम्म पढेँ । त्यसपछि लक्ष्मी स्कूलमा ६ कक्षाबाट पढेँ । मेरो पढाइ राम्रो थियो । बाबुआमाले पढाउने अवस्था थिएन । परिवारसँग कापीकलम किन्ने पैसा समेत नहुने हुँदा मलाई विद्यालयले छात्रवृत्तिमा पढाएको हो । १२ कक्षा पास भएपछि विवाह गरँे । बच्चाबच्ची हुर्किएपछि अहिले स्नातक तहमा पढिरहेकी छु ।

यहाँलाई राजनीति गर्ने के कुराले तान्यो ?
म सानैबाट क्रान्तिकारी थिएँ । अरूको गरेको अन्याय सहन्नथेँ । कसैले गलत गरे तुरुन्तै भन्थेँ । म कराँते खेल्न जाँदै थिएँ । चिसो मौसम थियो । आमा पनि साथमा हुनुहुन्थ्यो । एउटा दोकानमा आमा–छोरी चिया पिउन गयौँ । पसलमा अरू मानिसहरू पनि थिए ।

तर मेरी आमाले आँगनमा अलग्गै भूईंमा बसेर चिया खानुभयो । म पनि आमासँगै बसेँ । चिया खाएर आमाले गिलास माझ्नुभयो, अरूले यतिकै राखेर हिँडे । कत्तिले त उधारो खाए । मैले आमालाई ‘किन माझ्नुभएको’ भनी प्रश्न गरेँ । आमाले हामीलाई अरूले छुँदैनन्’ भनेपछि छक्क परेँ । त्यो बेला म १६ वर्षकी थिएँ ।

मेरी आमा र अरूले चियाको उत्ति नै पैसा तिरेका थिए । अरूले कप पखाल्नुपरेन, मेरी आमाले पखाल्नुभयो । त्यो घटनाले मेरो बाल मस्तिष्कमा निकै प्रभाव पार्‍यो । ‘हामी पनि छ मान्छे हो’ भनेर मैले डिस्कस गरेँ । अरूले ‘तिमीहरूले छोएको भाँडा हामी माझ्दैनौं भने । त्यसपछि मैले गिलास फुटाइदिएँ । चिया र गिलासको दाम तिरेर आमालाई ‘अबदेखि यहाँ कहिल्यै चिया खान नआउनू’ भनी लिएर हिडेँ । त्यो बेला चिया प्रतिकप ३ रुपियाँ पर्थ्यो । म विभेदको त्यो घटना सम्झँदै कराँते खेल्न पुगेँ ।

देशमा जनयुद्धको माहोल थियो । तर मलाई जनयुद्धबारे कुनै ज्ञान थिएन । त्यो दिन मैले धेरै कुरा सम्झिएँ । खेलबाट नै करियर शुरू गर्छु भन्ने योजना बनाएकी मेरो सोच नै त्यो घटनाले बदलिदियो । कराँतेको ब्ल्याक बेल्ट लिएर पनि मैले खेललाई अघि नबढाउने सोचमा पुगेँ । गाउँ र स्कूलमा दलितसम्बन्धी जनचेतनामूलक कार्यक्रम चल्ने गरेको थियो । म त्यतातिर लागेँ । सडक नाटकहरूमा भाग लिन गएँ ।

जातीय विभेद एकातिर, परिवारको विद्रोह अर्कातिर थियो । पार्टीले मेरो योगदान देखेर समानुपातिक सांसद् पनि दिएको छ । यसलाई मैले जनताको पक्षमा प्रयोग गर्नेछु । मेरा ४ छोराछोरी छन् । जुनसुकै बेला पनि म राजनीति– राजनीति भनेर हिँडेकी छु । छोराछोरी गर्भमा हुँदा पनि राजनीतिलाई पहिलो प्राथमिकता दिएर समुदायको हितमा हिँडेकी हुँ

जहाँ म हुर्किएँ– त्यहाँ एकछत्र कांग्रेसको राज थियो । अरू कुनै पार्टीको झन्डा थिएन । हरेकको घरमा कांग्रेसको झण्डा थियो । त्यो झन्डाप्रति मेरो मोह पनि भयो । २०४६ सालको आन्दोलनमा म १० वर्षकी थिएँ । झन्डा बोकेर हिड्थेँ रे ! तर मलाई त्यसको कुनै ज्ञान थिएन । नबुझ्दा–नबुझ्दै पनि म त्यो आन्दोलनमा सरिक भएछु । मेरो घर नजिकै सङ्गम चोक थियो, तर ०४६ को आन्दोलनपछि शहीद चोक भयो ।

मेरो घर वरपर ब्राह्मण समुदायको बस्ती थियो । उनीहरूले हामीलाई इनार पनि छुन दिँदैनथे । चर्को विभेद थियो । एक दिन स्कूलमा के भयो भने– पानी चिसो बनाउन मैले र साथीहरूले पैसा जम्मा गरेर ल्याएको घैँटो थियो । त्यो घैँटो दलितलाई छुन दिइएन । छुन नदिएपछि मैले घैँटो नै फोर्दिएँ । प्रिन्सिपल आएर ‘किन फोरेको’ भनी सोध्नुभयो । मैले ‘छुन नदिएपछि फोरिदिएँ, मेरो पनि पैसा परेको थियो’ भनेँ । हेडसरले ढाडमा दुईपटक लट्ठीले हान्नुभयो । त्यस दिनपछि स्कूलमा घैँटो आएन ।

त्यो घटनापछि मैले जातीय विभेदबारे थप आवाज उठाउन थालेँ । स्कूलमा कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को कार्यक्रम हुन्थ्यो । दलितका आवाज उठाउन मलाई एउटा न एउटा मञ्च चाहिएको थियो । पुस भन्ने संस्था खोलेका थियौँ । त्यहाँबाट कार्यक्रम गरेका थियौँ ।

म वि.सं. २०५४ पछि कांग्रेस पार्टीमा जानेरै लागेँ । त्यो भन्दा पहिले नजानेरै पार्टीमा रहेछु । २०५९ मा म चितवन जिल्लाको दलित संघ अध्यक्ष नै भएँ । ७५ जिल्लामै म पहिलो महिला अध्यक्ष थिएँ ।

त्यो बेला त माओवादीको प्रभाव थियो, अन्य पार्टीले अफर गरेनन् ?
माओवादीका साथीहरूले धेरै अफर गरे । आमाहरूलाई पनि भने रे ! तर मेरो मस्तिष्कमा कांग्रेसको छाप थियो । त्यो भएर म माओवादीमा गइनँ । केही छिमेकीहरू पनि माओवादीमा संलग्न रहेछन् । ‘तिम्रो समुदायको न्यायको लागि लडेको छु, यता आऊ’ भन्नुहुन्थ्यो । तर म गइनँ । बुबाआमाले पनि पठाउनु भएन । लहैलहैमा ०५४ सालको निर्वाचनमा कांग्रेसको झन्डा बोकेर हिँडेछु । त्यो देखेर मलाई समाजले नै राजनीति गर्नुपर्छ भन्यो । कांग्रेसमा धनमानसिहं परियारलाई बिपी कोइरालाले महामन्त्री बनाएको हो भनेर चर्चा पनि हुन्थ्यो । सबैले मलाई कांग्रेस नै छान्न भन्नुभयो ।

कांग्रेस पार्टी फुट्दा ताका म त्यतिखेर बिहे गरेर श्रीमानको घरमा आइसकेकी थिएँ । उहाँ र मेरो घर नजिकै थियो । त्यहाँबाट पनि राजनीतिलाई निरन्तरता दिएँ । पार्टी फुटेपछि राम्रा नेताहरू, विचार भएका नेताहरू शेरबहादुर देउवाको लाइनमा बस्नुभएछ । पछि संगठन विस्तार भयो । म भरतपुर वडा नम्बर १२ मा महिला संघ सभापति भएँ । त्यो २०६१ सालको कुरा हो । तरुण दलको जिल्ला सदस्य भएँ । दुई कार्यकाल दलित संघ जिल्ला कार्यसमितिको सभापति भएँ ।

२०६३ को १२औँ महाधिवेशनमा म सिनियर दाइसँग लडेँ । प्रतिस्पर्धामा म घेरै मतले महाधिवेशन प्रतिनिधि छनोट भएँ । त्यसपछि अझ राजनीतिक उचाइमा पुग्थ्यो । म तल्लो तहमा काम गर्थें । मैले कुनै मञ्चमा दलितलाई आसन ग्रहण नगराएको भनेर माइक पनि खोसेको छु । म दलित संघ जिल्ला कार्यसमिति सभापति हुँदा केन्द्रबाट देउवा, शंशाक कोइराला लगेर दलित हकहितसम्बन्धी कार्यक्रम गरेँ । १३औँ महाधिवेशनमा म विभिन्न कारणले १ मतले हारेँ । त्यो बेला पनि मलाई माओवादीमा जान अफर आयो ।

०६६ सालमा दलित वर्ग उत्थान समन्वय समितिको प्रतिनिधि भएर काम गरेँ । त्यसपछि पार्टीको १४ औं महाधिवेशन भयो । ०७९ मा विभिन्न चलखेल हुँदाहुँदै पनि मैले जितेँ । हराउन धेरै मेहनत गरिएको थियो, तर त्यो कुराले प्रभाव पारेन । अहिले म अहिले केन्द्रीय सदस्य पनि छु । देउवाको टिमबाट चुनाव लडेर जितेको छु ।

यसको पछाडि मेरो श्रीमानको साथ पनि छ । उहाँ विक हो, म परियार । हामीभित्र पनि अन्तरजातीय विवाह भएकाले परिवारभित्रै पनि मैले विभेद भोगेको छु ।

भन्नाले ?
श्रीमानको घर परिवारबाट मलाई साथ थिएन । मैले धेरैपटक परिवारमा विद्रोह गरेको छु । परियार र विश्वकर्माबीच नै विभेद हुँदो रहेछ भन्ने बिहे भएपछि मात्र बुझेको हुँ । अहिले विस्तारै राम्रो हुँदै गएको छ ।

जतिसुकै शिक्षित भए पनि मस्तिष्कमा दलितमाथि दमन गर्ने सोच छ । ‘हामीले त गर्दैनौं, सँगै बसेर खाएका छौँ’ भन्नुहुन्छ । तर यो पनि गलत हो । खाँदैमा समानता हुन्छ या व्यवहार र उपस्थितिमा हुन्छ, त्यतातर्फ ध्यान दिनुपर्छ । म बोल्न त बोल्छु नि

देशको संसद् हुनुभन्दा पनि परिवारभित्र केही भएर देखाउने चुनौती थियो । जातीय विभेद एकातिर, परिवारको विद्रोह अर्कातिर थियो । पार्टीले मेरो योगदान देखेर समानुपातिक सांसद् पनि दिएको छ । यसलाई मैले जनताको पक्षमा प्रयोग गर्नेछु । मेरा ४ छोराछोरी छन् । जुनसुकै बेला पनि म राजनीति– राजनीति भनेर हिँडेकी छु । छोराछोरी गर्भमा हुँदा पनि राजनीतिलाई पहिलो प्राथमिकता दिएर समुदायको हितमा हिँडेकी हुँ ।

यहाँ समानुपातिक सांसद् हुनुहुन्छ, सदनमा कस्तो अनुभव भइरहेको छ ?
समानुपातिक सांसद्ले बोलेका कुरा अलिक सुनुवाइ हुँदैन कि भन्ने हुँदो रहेछ । तर, म जे भए पनि आफ्ना कुरा राख्न छाड्दिनँ । हामीलाई जनताले नै पठाएका हुन । हामी जनताका सेवक हौं । सुनुवाइ हुन्छ, हुनुपर्छ ।

समानुपातिककै कुरा गर्दा यहाँलाई प्रत्यक्षमा उठ्न दिइएन कि इच्छा थिएन ?
म पहिलोपटक समानुपातिक सांसद भएकी हुँ । प्रत्यक्षमै चितवनबाट चुनाव लड्न चितवनमा सिनियर नेतृत्व हुनुहुन्छ । हामीसम्म टिकट आउन मुस्किल पर्छ ।

त्यहाँ माओवादीको प्रभाव भएका कारण पनि गाह्रो छ । मलाई के लाग्छ भने हामीहरूलाई टिकट दिए पनि जित्न गाह्रो छ । किनकी हामीलाई पार्टीका मान्छेले नै इमानदार भएर भोट दिँदैनन् ।

संविधानमा समावेशीताका कुराहरू आए पनि समाजले त्यसलाई स्वीकार गरेको छैन । व्यवहारमा समावेशीता छैन । हाम्रो समुदाय उठेका ठाउँमा अरूले बाजी मार्छन् । जोखिम लिन पनि सकिएको छैन । तर, हामी तयार हुँदैछौँ ।

किन यस्तो भएको होला ?
खै ! यो अवस्था देख्दा म पनि छक्क पर्छु । ठूलावडा भनिनेले नै यो संस्कार आफ्नो दिमागबाट हटाउन सकेका छैनन् । अहिलेसम्म यो सोच नजानु दुःखद हो । मान्छेले गर्न चाह्यो भने हुन्छ । तर चाहँदैनन् । संस्कारजन्य विभेद हटाउन सकिएको छैन । दलित भएपछि फरक तरिकाले हेरिन्छ । तर यहाँ यिनीहरूले आफूले आफूलाई दलितको वकालतकर्ता भन्छन् ।

२१ औं शताब्दीमा पनि परिवर्तन नहुने नेताहरूलाई चुनौती छ । नेताहरूले यो कुरा बुझ्नुपर्छ । राज्यको कानून बनाउनेदेखि हरेक निकायमा समावेशी तरिकाले जानुपर्छ भनी राज्य सञ्चालक र मूल नेतृत्वले सोच्नुपर्छ

प्रतिष्पर्धामा जान नसकिने होइन, तर चुनाव जित्ने ग्यारेन्टी हुँदैन । अपवादमा एक/दुई जना होलान् । अहिले एमालेमा छविलाल विश्वकर्मा हुनुहुन्छ । दलित, मुस्लिम र सीमान्तकृत वर्गलाई राज्यले जहिलेसम्म समान पहुँचमा राख्दैन– विकासको कुरा पछि पर्छ । हाम्रो मुलुकमा पनि त्यही भयो ।

यहाँ त नीति बनाउने थलोमा हुनुहुन्छ र पनि यसो भन्नुहुन्छ, यहाँले यसबारे सदन र पार्टीमा कति खबरदारी गर्नुहुन्छ ?
म सदनमा बोल्छु । मेरो पहिलो प्राथमिकता सीमान्तकृत समुदाय हो । रुकुम पश्चिममा नवराज विश्वकर्मा मारिँदा मैले त्यतिसम्म नगरेको भए ढिसमिस हुने थियो । हामीले दिनरात घामपानी नभनी आन्दोलन गर्‍यौं । चुनौती के छ भने संविधानमा लेखिएका कुराहरू कहिल्यै कानून बनेर समाजमा लागू हुँदैन । समस्या र चुनौती नै त्यो छ ।

जतिसुकै शिक्षित भए पनि मस्तिष्कमा दलितमाथि दमन गर्ने सोच छ । ‘हामीले त गर्दैनौं, सँगै बसेर खाएका छौँ’ भन्नुहुन्छ । तर यो पनि गलत हो । खाँदैमा समानता हुन्छ या व्यवहार र उपस्थितिमा हुन्छ, त्यतातर्फ ध्यान दिनुपर्छ । म बोल्न त बोल्छु नि !

यहाँले सदनमा बोलेको त हामीले सुन्छौँ, तर पार्टी र सदनमा उचित जवाफ आउँछ कि आउँदैन ?
पार्टीमा बोल्छु, सदनमा पनि बोल्छु । तर बहुमत र अल्पमतको कुराले गर्दा ओझेलमा परिन्छ कहिलेकाहीँ । अहिले पार्टीमा शेरबहादुर देउवा सभापति हुनुहुन्छ । आफैँ पनि दुर्गम ठाउँमा जन्मिएका कारण यो कुरा बुझ्नुभएको छ । दलित आयोग गठनदेखि पार्टीमा सहमहामन्त्री बनाउने लगायत कुरा उहाँकै पालामा भएको हो । हामीले धेरै कुरामा अपेक्षा राखेका छौँ, त्यो भने भइरहेको छैन ।

‘दलितको कुरा दलितले मात्र उठाउने हो ?’ भनेर मैले कुरा पार्टीमा उठाएँ । सबैले ‘यो सवाल जायज हो’ भनीस्वागत गर्नुभयो । अब सदनमा सबैले सबैका कुरा उठाउने भन्ने कुरा पार्टी महामन्त्री विश्वप्रकाश शर्माले निर्णय नै पढेर सुनाउनु भयो । यो पनि सफलता नै हो । नत्र त दलितको दलितले, महिलाको महिलाले मात्रै उठाउने अवस्था थियो ।

तर यो विद्रोह संसदमा मात्र देखियो, पार्टीमा भएन नि !
कसरी ?

यहाँले माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा मन्त्रीपरिषद्मा ‘दलितको उपस्थिति खै !’भनेर प्रश्न गर्नुभएको थियो । तर, कांग्रेस एमाले सरकारमा जाँदा पनि हालत त उस्तै भयो, यता चाहिँ बोल्नुपर्दैन ?
मैले यो कुरामा मैले ठूलो पश्चाताप गरेको छु । पार्टीको पदाधिकारी बसेर निर्णय भएछ । म त पदाधिकारीमा थिइनँ । मैले बाहिर सुनेको– पदाधिकारी सर्कलबाट नै जीवन परियारको नाम आएको छ भनेपछि म एकदम खुसी हुने नै भएँ । उहाँ भएपछि सबैलाई समेटिन्छ भन्ने भयो ।

त्यो भएर हामीले उहाँका लागि त्याग गर्‍यौं । कांग्रेसबाट जीवन परियार र एमालेबाट छविलाल विश्वकर्मा हुने भनेर चर्चा भएपछि राम्रो भयो भनेर मक्ख परियो ।

आवाज उठाउने भन्दा अघि बढेर आन्दोलन गर्ने कुरा भएन । सांसद्को हैसियतले नेतृत्वसँग पूर्ण विभागीय मन्त्री दिनुपर्छ भनिरहेका छौँ । नेतृत्वलाई पनि गठबन्धन सरकारका कारण समस्या भएको बुझेको छु । साना दल जोड्दा पनि समस्या भयो । ९/१० वटा मन्त्रालय पाएको छ । अनि विद्रोह गर्न सिनियर नेताका कारण पनि सकिएन । भागबन्डा लगाउँदा अपुग भएर राज्यमन्त्रीमा खुम्च्याइएको होला

तर, २२ जना मन्त्री हुँदा पनि दलित प्रतिनिधित्व भएन । यसपछि हामीले प्रश्न उठायौँ । अहिले यो कुरा नेतृत्वले गम्भीर रूपमा लिएको छ ।

यसले गलत भयो भनेर हामीले नेतृत्वलाई भनिसकेका छौँ । ‘अझ पनि तीन राज्यमन्त्री खाली छ’ भन्नुभएको छ । यो कुरा सबैले रियालाइज गर्नुभएको छ । शायद एमालेले पनि गरेको छ । मलाई दुःख लागेको छ– नेताहरू आफैँले पनि यो कुरा बुझ्नुपर्ने हो ।

अहिले प्रतिनिधि सभामा समानुपातिकबाट निर्वाचित १५ र प्रत्यक्षमा एक गरी जम्मा १६ जना (५.८१ प्रतिशत) सांसद् दलित समुदायबाट हुनुहुन्छ । तर, एक जना पनि मन्त्री नहुँदा त्यो समुदायले के अपेक्षा गर्लान् ?
यो प्रश्न नै जटिल छ । नेताहरूले यो कुरा बुझ्नुपर्ने हो । म सँग यो प्रश्नको जवाफ नै भएन । संविधान लेख्ने नेता बसेर मन्त्रिमण्डल गठन गरेकाले यो कुरा बुझ्नुपर्ने हो । प्रचण्डले पनि दलितको नारा लिनुभयो, तर व्यवहारमा भएन ।

यो व्यवहारमा नदेखिएपछि खै के भन्ने ? जनतालाई उहाँहरूले जवाफ दिनुपर्छ । नेताहरूलाई घच्घच्याएरहेका छौँ । यो अवस्था देख्दा मैले निकै पीडा महसुस गरेकी छु । मैले नै अगाडि सदनमा कुरा उठाएकी थिएँ । अहिले पार्टी पुनः सरकारमा जाँदा पनि अवस्था उस्तै भयो । राम्रो म्यासेज पनि गएन । पार्टीले गम्भीर रूपमा लिएको छ अरे !

दलित समुदायबाट पञ्चालतकालमै २०३१ सालमा हीरालाल विश्वकर्मा सहायक शिक्षामन्त्री हुनुहुन्थ्यो, पछिल्लो समय समानुपातिक र प्रत्यक्षमै निर्वाचित भए पनि किन दलहरूले सरकारमा प्रतिनिधित्व खुम्च्याएका होलान् ?
त्यो बेलामा आन्दोलनको ताप थियो । विपीले २००३ सालमै धनमालसिंह परियारलाई महामन्त्री बनाउनु भएको थियो । जातीय विभेद अन्त्य गर्ने कुराको जग त विपीले नै हाल्नुभएको हो । लगभग १४ प्रतिशत दलित समुदाय भएको हाम्रो दाबी छ ।

२१ औं शताब्दीमा पनि परिवर्तन नहुने नेताहरूलाई चुनौती छ । नेताहरूले यो कुरा बुझ्नुपर्छ । राज्यको कानून बनाउनेदेखि हरेक निकायमा समावेशी तरिकाले जानुपर्छ भनी राज्य सञ्चालक र मूल नेतृत्वले सोच्नुपर्छ ।

यो विषयमा अन्तरपार्टी छलफल हुन्छ कि हुँदैन ?
औपचारिक नभए पनि अनौपचारिक छलफल भएको छ । हामीले दलित आन्दोलन कमजोर पार्न खोजिँदैछ भनेर पटक–पटक नेतृत्व र अन्य पार्टीका साथीहरूसँग पनि बसेर छलफल गरिरहेका छौँ ।

लोकतान्त्रिक पद्धति अपनाएका राजनीतिक दलहरू नै दलितको प्रतिनिधित्वको सवालमा कठोर देखिएपछि समावेशीताको मुद्दा झन्झन् ओझेलमा परेन र ?
पार्न खोजिएको होला, तर हामी कदापि पार्न दिने छैनौं ।

यहाँहरू पनि सांसद् हुने लोभमा मात्रै लाग्दा नेतृत्वमा सहभागिता ओझेल परेको हो कि !
संसद्को के सुविधा छ र ? हामीले कुनै लोभ गरेका छैनौं । जनतालाई म स्पष्ट पार्छु– हामीले घरको जग्गा बेचेर ल्याएर कोठाभाडा तिर्नुपरेको छ । दुई–चार जनाले गरे होलान् । सबैलाई एउटै डालोमा राख्न मिल्दैन ।

राज्यको मूलधारमा सीमान्तकृत समुदाय अझै आउन सकेको छैन । त्यसो नभएसम्म विकासले फड्को मार्छ भन्ने कल्पना पनि गर्न सकिन्न । समान सहभागिता नहुँदा सबै कुरा खुम्चिँदै जान्छ

यहाँ रुख काट्ने एउटा र काठ लाने अर्को भएको छ । हामीजस्तो मान्छेले के पाउनु र । जातको कुराले कोठा नपाएर निकालिएको अवस्था छ । तर हामीले कुरा उठाइरहेका छौँ । नेतृत्व सकारात्मक छ ।

राजनीतिक दलहरूले ह्वीप लगाएर कतै यहाँहरूलाई बोल्न रोक त लगाएका छैनन् नि ?
बोल्ने स्वतन्त्रता छ । ह्वीप लगाइँदैन । केही दबाब छैन । कांग्रेसमा त अझ छलफल र मुद्दामा छलफल हुन्छ । बाहिर आएका हल्ला मात्र हुन् ।

तर यहाँहरूलाई किन राज्यमन्त्रीमा मात्र खुम्च्याइन्छ ? अहिले पनि राज्यमन्त्री बनाउने चर्चा छ । चित्त बुझाएर जानुहुन्छ ? पार्टी भनेपछि बोल्नु हुन्न ?
चित्त बुझाएको होइन । आवाज उठाउने भन्दा अघि बढेर आन्दोलन गर्ने कुरा भएन । सांसद्को हैसियतले नेतृत्वसँग पूर्ण विभागीय मन्त्री दिनुपर्छ भनिरहेका छौँ । नेतृत्वलाई पनि गठबन्धन सरकारका कारण समस्या भएको बुझेको छु । साना दल जोड्दा पनि समस्या भयो । ९/१० वटा मन्त्रालय पाएको छ । अनि विद्रोह गर्न सिनियर नेताका कारण पनि सकिएन । भागबन्डा लगाउँदा अपुग भएर राज्यमन्त्रीमा खुम्च्याइएको होला ।

कांग्रेसले सरकारमा दलित प्रतिनिधि पठाउनेबारे तपाईंहरूसँग छलफल गरेको थियो कि थिएन ?
छलफल गरेको हो, हामी गएर नेतृत्वसँग पनि कुरा गरेको हो । सामूहिक नै गएर पनि कुरा गरेका हौं । तर, प्रचण्डले राजीनामा नदिएका कारण हो/होइन भन्ने थियो । कार्यसम्पादन समितिमा पनि यो विषयले प्राथमिकता पाएको थियो रे ! किन भएन भन्ने कुरा मैले पनि बुझेको छैन अहिलेसम्म । पहिला त दिने भन्ने भइसकेको थियो ।

नेपालमा अहिले पनि उत्पीडित र उपेक्षित वर्गका प्रतिनिधिलाई मुख्य जिम्मेवारीमा ल्याइँदैन, यस पछाडिको कारण के देख्नुहुन्छ ?
मुख्य चाहिँ समाजले स्वीकार गर्दैन । माथिबाट तलसम्म यसैको प्रभाव छ । परिवर्तन समाज, मानिस र व्यवहारमा हुनुपर्छ । महिलाको पनि यही हालत छ । हरेक कुरामा महिला अगाडि हुन्छन्, तर पदका कुरा आउँदा पछाडि पारिन्छन् । अहिले पनि त २२ जनामा २ महिला मात्र हुनुहुन्छ । दलित समुदायलाई भोटको लागि मात्र प्रयोग गरिन्छ ।

म आफैँ बन्ने होइन । नेतृत्वले बनाउने हो । म जस्ता साथीहरू धेरै हुनुहुन्छ । जो आए पनि राम्रो मान्छे आउनुपर्छ । जो आए पनि ठीक छ । पार्टीले जसलाई भए पनि फूलमन्त्री (पूर्ण विभागीय मन्त्री) बनाओस् भन्ने मेरो माग छ

राज्यको मूलधारमा सीमान्तकृत समुदाय अझै आउन सकेको छैन । त्यसो नभएसम्म विकासले फड्को मार्छ भन्ने कल्पना पनि गर्न सकिन्न । समान सहभागिता नहुँदा सबै कुरा खुम्चिँदै जान्छ । फराकिलो हुनुपर्नेमा अझ खुम्चिएर जान्छ । दलितले अन्यसँग विवाह गरे भने अहिले पनि छुटाउन समाजका गनिने व्यक्तिहरू नै लाग्छन्, मारिन्छन् ।

अब अवस्था सुधार्न के गर्नुपर्छ ?
नेतृत्वको मन र मस्तिष्कमा यो हटाउनुपर्छ भन्ने सोच आयो भने त्यो निश्चित हट्छ । जहाँनेर गरीब हुन्छ– त्यहाँ विभेद हुन्छ । गरिबी नभएको ठाउँमा हुँदैन भनेको होइन । तर, सीमान्तकृत समुदायको अवस्था हेर्दा धनीभन्दा गरीब बढी विभेदमा छन् । जातीय विभेद त मूल जड नै भैहाल्यो । जातीय विभेद हटाउनेगरी कानून परिमार्जन गरियो भने त्यसले धेरै आधार तयार गर्छ ।

दलित समुदाय आज पनि निसास्सिएको छ । मूल जड राजनीति नै हो । दलहरूले जबसम्म यसलाई महत्वपूर्ण राजनीतिक मुद्दा बनाउँदैनन्, यो हट्दैन । राजनीतिक मुद्दा बन्नुपर्छ । काठमाडौँमा बस्ने दलित र रोल्पा/रुकुमको विकट गाउँमा बस्ने दलितलाई एउटै कानून बनाउनु भएन । एउटै सहभागिता बनाउनु भएन । म यसको लागि सधैँ आवाज उठाउँछु ।

अन्तिममा; यहाँ राज्यमन्त्री हुँदै हुनुहुन्छ रे, हो ?
मलाई थाहा छैन । म आफैँ बन्ने होइन । नेतृत्वले बनाउने हो । म जस्ता साथीहरू धेरै हुनुहुन्छ । जो आए पनि राम्रो मान्छे आउनुपर्छ । जो आए पनि ठीक छ । पार्टीले जसलाई भए पनि फूलमन्त्री (पूर्ण विभागीय मन्त्री) बनाओस् भन्ने मेरो माग छ ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ७ : २० बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

एमाले सभा : शहीद गेटबाट हिँड्ने जुलुस दरबारमार्गमा १ बजे आइपुग्ने

काठमाडौं– सत्तारुढ दल नेकपा एमालेले शुक्रबार राजधानीमा शक्ति प्रदर्शन गर्दै

झापाबाट एघार करोडको चिया निर्यात

झापा– नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले ११ करोड ४३ लाख

विकास परियोजनाले कालीगण्डकी नदी संकटमा पर्ने चिन्ता

गण्डकी– मध्यनेपालको प्रमुख नदी–प्रणाली कालीगण्डकीमा आधारित कतिपय विकास परियोजनाले सभ्यता

विद्युत् महसुल नतिर्ने छ सय ग्राहकको लाइन काटिँदै

बैतडी– विद्युत् महसुल नतिर्ने करिब छ सय ग्राहकको विद्युत लाइन