फुटपाथ विस्तारले न्यूरोडमा तनाव : महानगरको डोजरमै चढेर अवरोध (तस्बिरहरू) « Khabarhub

फुटपाथ विस्तारले न्यूरोडमा तनाव : महानगरको डोजरमै चढेर अवरोध (तस्बिरहरू)


४ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको न्यूरोडस्थित जुद्ध शालिकदेखि इन्द्रचोकसम्म फुटपाथ विस्तार योजनाले तनाव बढाउँदै लगेको छ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको योजनामा अघि बढेको फुटपाथ विस्तारविरुद्ध वडाअध्यक्षसहितका जनप्रतिनिधिहरू प्रतिकारमा उत्रिएका हुन् ।

शुक्रबार फुटपाथ विस्तारको विरोधमा उत्रिएका स्थानीय र महानगर प्रहरीबीच पटक पटक धकेलाधकेल र हात हालाहालको अवस्था भएको छ ।

काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तारका लागि  डोजर पठाएपछि विरोधमा उत्रिएका स्थानीयबासी र नगर प्रहरीबीच धकेलाधकेल भएको हो ।

त्यसक्रममा वडाअध्यक्ष चिनकाजी महर्जनसहितका स्थानीयबासीहरू डोजरमाथि नै चढेर आन्दोलनमा उत्रिएका हुन् ।

फुटपाथ विस्तारलाई लिएर बिहीबारदेखि नै स्थानीय आन्दोलित छन् । उनीहरूले शुक्रबार बिहान पनि न्यूरोड क्षेत्रमा उत्रिएर आन्दोलन चर्काइरहेका छन् ।

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी

 

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ६ : २० बजे

यस्ता छन् क्रिकेट इतिहासका ५ ठूला काण्ड

काठमाडौँ – नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा