विकासका लागि सबै एकताबद्ध हुनुपर्छ  : मोहन बस्नेत | Khabarhub Khabarhub

विकासका लागि सबै एकताबद्ध हुनुपर्छ  : मोहन बस्नेत


५ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोकपूर्वस्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले विकास निर्माणका काममा सबै एकजुट हुनुपर्ने बताएका छन् । आज मेलम्ची नगरपालिका–३ हैबुङस्थित स्वास्थ्य चौकी भवन उद्‌घाटन तथा निःशुल्क स्वास्थ्य शिविरको उद्‌घाटन गर्दै उनले विकास निर्माण, स्वास्थ्य, शिक्षालगायतका काममा सबै एकताबद्ध हुनुपर्नेमा जोड दिए।

प्रतिनिधिसभा सांसद बस्नेतले आफ्नो कार्यकालमा विपन्न नागरिकलाई निःशुल्क उपचार गर्ने व्यवस्था गरेको उल्लेख गर्दै राज्यले नै शिक्षा र स्वास्थ्यलाई बढी जोड दिनुपर्ने बताए। उनले नवनिर्मित स्वास्थ्य चौकीमा आवश्यक जनशक्ति र सामग्रीको व्यवस्थापन गर्न आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।   

बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङले मेलम्ची नगर अस्पताललाई प्रादेशिक अस्पताल बनाउन एक करोड ५० लाख बजेट प्रदेशबाट विनियोजन गरिएको जानकारी दिए। उनले नवनिर्मित स्वास्थ्य चौकीलाई नगर अस्पताल बनाउनुपर्ने र त्यसका लागि आफ्नोतर्फबाट पहल गर्ने बताए। 

मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले अस्पतालमा आवश्यक  जनशक्ति र कर्मचारीको व्यवस्था नगरपालिकाले गर्ने र अन्य उपकरण प्रदेश तथा सङ्घ सरकारले उपलब्ध गराउन आग्रह गरे । 

नगर उपप्रमुख उमा प्रधानले सुविधा सम्पन्न भवन बनेसँगै गुणस्तरीय र सहज रूपमा सेवासुविधा प्रदान गर्नुपर्नेमा जोड दिए। उनले स्वास्थ्य चौकी निर्माणसँगै यस क्षेत्रका नागरिकले मेलम्ची वा काठमाडौँ पुग्नुपर्ने बाध्यता अन्त्य गर्न सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे। 

निवर्तमान नगरप्रमुख डम्बर अर्याल, निवर्तमान उपप्रमुख भगवती नेपाल, पूर्ववडाध्यक्ष तथा जग्गादाता वसन्त गुरूङ, वडा नं ३ का अध्यक्ष कुमार बञ्जराले अस्पताल निर्माणमा सहयोग गर्नेप्रति आभार प्रकट गरे। 

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  ६ : ०९ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं