सुमनाले भनिन्- संवैधानिक परिषद्‍मा अल्पमतमा पर्ने भएपछि उपसभामुखलाई आक्रमण गरियो « Khabarhub

सुमनाले भनिन्- संवैधानिक परिषद्‍मा अल्पमतमा पर्ने भएपछि उपसभामुखलाई आक्रमण गरियो


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले उपसभामुख इन्दिरा रानामगरलाई नहेप्न चेतावनी दिएकी छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले अमेरिकी दूतावासलाई लेखिएको पत्रलाई लिएर उपसभामुख रानामगरलाई नहेप्न चेतावनी दिएकी हुन् ।

‘एउटा महिला जसले यस्तो डिफिकल्ट टाइमबाट आएर यहाँ आउनुभएको छ । उहाँलाई हेप्न चाँही नखोज्नु होला,’ श्रेष्ठले भनिन्, ‘साच्चैकै विधि, पद्दति बनाउन चाहनुहुन्छ, गर्नुस् । एक वर्ष अघिदेखि पत्र हातमा बोकेर बस्नुभएको हरेछ त, कुन बेला ठोकौँ भनेर । साँच्चिकै छानबिन गर्ने हो भने गरियोस् । पार्टी पनि तयार छ । तर, प्रोपर तरिकाले होस् ।’

उनले उपसभामुख रानामगरको नामबाट मिडिया ट्राइल भइरहेको भनदै आपत्ति जनाइन् । श्रेष्ठले सत्तारुढ दल नेपाली कांग्रेसलाई भुटानी शरणार्थी प्रकरणको छानबिनका लागि चुनौती दिइन् ।

‘मानव तस्करी भन्ने जस्तो ठूलो आरोप यस्तो आनन्दका साथ तपाईंले डिक्लियर गर्नुभयो,’ सांसद श्रेष्ठले कांग्रेस सांसद रामहरि खतिवडाप्रति इंगित गर्दै प्रश्न गरिन्, ‘डिक्लियर गर्नुस् न त, भुटानी शरणार्थी कसले गरेको हो भनेर । त्यो आँट छ ?’

आइतबारकै बैठकमा कांग्रेस सांसद खतिवडाले उपसभामुख रानामगरलाई राजीनामा दिएर छानबिनमा सघाउने आग्रह गरेका थिए ।

उनले इमानदार महिलाको चरित्र हत्या गर्ने गरी मानव बेचिबखान जस्तो गम्भीर आरोप लगाइएको बताइन् ।

उनले संवैधानिक परिषद्मा सत्ता पक्ष अल्पमतमा पर्ने भएपछि उपसभामुखलाई हटाउने योजनासहित यस्तो आरोप लगाइएको बताइन् ।

‘मिडिया ट्रायल गरेर उपसभामुख जस्तो इमानदार मान्छेलाई चरित्र हत्या गरेको देखिन्छ । एउटा महिलालाई चरित्र हत्या गरेका छन्’, उनले भनिन्, ‘संवैधानिक परिषद्‍मा अल्पमत परियो भनेर मिडिया ट्राल गर्ने छुट कसैलाई छैन । छानबिन गरौँ, सबैको छानबिन हुनुपर्छ ।’

यसअघि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा र नेकपा एमालेका सांसाद रघुजी पन्तले उपसभामुखको विषय कुरा उठाएपछि सुमनाले जवाफ दिएकी हुन् ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  १ : ४४ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने