दूतावासको पत्र प्रकरणमा रविले गरे उपसभामुखको बचाउ | Khabarhub Khabarhub

दूतावासको पत्र प्रकरणमा रविले गरे उपसभामुखको बचाउ


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले उपसभामुख इन्दिरा रानामगरको बचाउ गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीमाथि प्रश्न उठाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको आइतबारको संसद बैठकमा उनले अमेरिकी दूतावासलाई लेखिएको पत्रबारे उपसभामुख रानामगरको बचाउ गर्दै शाहीमाथि प्रश्न उठाएका हुन् ।

‘यही सदनमा फलानोलाई भिजा दिनुपर्छ भनेर सदनमा मात्र होइन, सडकमा समेत भिजा माग गर्ने मान्छेहरू यहाँ हुनुहुन्न ?,’ अध्यक्ष लामिछानेले राप्रपाका प्रमुख सचेतक शाहीको नाम उच्चारण नगरेरै प्रश्न गरे ।

अमेरिकी दूतावासले भिजा (भिसा) दिन अस्वीकार गरेपछि शाहीले
सदन र सडकबाट नेपाली क्रिकेटर सन्दीप लामिछानेको पक्षमा वकालत गरेका थिए । अध्यक्ष लामिछानेले त्यही उदाहरण पेस गर्दै उपसभामुख रानामगरको बचाउ गरेका हुन् ।

उनले उपसभामुख रानामगरले भिजाका लागि समय मिलाइदिनका लागि मात्र अमेरिकी दूतावासलाई पत्र लेखेको प्रष्टीकरण दिए । उनले रास्वपाले उपसभामुख रानामगरको बचाउसमेत नगरेको जिकिर गरे ।

यसअघि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उपसभामुख रानामगरले पदबाट राजीनामा दिएर छानबिनमा सहयोग गर्न पर्ने बताएका थिए भने रास्वपा सांसद सुमना श्रेष्ठले उनको अभिव्यक्तिको प्रतिवाद गरेकी थिइन् ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ४ : ०५ बजे

ओमानलाई नेपालले दियो १५२ रनको लक्ष्य

काठमाडौ– आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको

ओमानविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं – टी–२० विश्वकप एसिया छनोटको सुपर सिक्स चरणमा नेपालका

एमाले केन्द्रीय कमिटी बैठक : अन्तरिम सरकार र निर्वाचनबारे छलफल

काठमाडौं – नेकपा एमालेको आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा

जेन-जी आन्दोलनमा प्रहरीको हतियार लुटपाट गर्ने व्यक्ति पक्राउ, यसअघि नै परेका थिए आठ उजुरी

काठमाडौं– गत भदौ २४ गते भएको जेन-जी आन्दोलनको क्रममा प्रहरीको

जेन–जीका नाममा कर्मचारीलाई धम्क्याउने अर्जुन शाही पक्राउ

काठमाडौं – ‘जेन–जी’ आन्दोलनको नाममा कर्मचारीहरूलाई धम्क्याएको आरोपमा अर्जुनबहादुर शाही