जनताको चाहनालाई सम्बोधन गर्ने लक्ष्य राखिएको छ : सांसद विष्ट | Khabarhub Khabarhub

जनताको चाहनालाई सम्बोधन गर्ने लक्ष्य राखिएको छ : सांसद विष्ट


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) का सांसद गोकर्णराज विष्टले मुलुकले भोगेको समस्या समाधान गर्दै जनतामा आशा जगाउने उद्देश्यका साथ वर्तमान सरकार गठन भएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा विश्वासको मत माग्दै उनले आर्थिक विकास, समृद्धि र जनताको बृहत्तर हितका लागि साझा दृष्टिकोणका साथ अगाडि बढ्न सबै राजनीतिक दललाई आग्रह गरे ।

खुसुक्क लुकेर संविधानको संशोधन नगरिने जानकारी दिँदै उनले समयको माग जनताको चाहना अनुसार गरिने बताए । सांसद विष्टले जनताले प्राप्त गरेको अधिकार कोही कसैले खोस्न नसक्ने स्पष्ट पारे । एमाले जनताका पक्षमा विगतदेखि संघर्ष गर्दै आएको पार्टी भएकाले समावेशी, समानुपातिक प्रतिनिधित्वको विपक्षमा कहिल्यै जान नसक्ने दृढता व्यक्त गरे ।

जनताको समर्थनमा आफूहरूले  विश्वास गर्ने र जनतालाई साथमा लिएर अगाडि बढ्ने भएकाले नेपाली कांग्रेस र एमाले एक आपसमा मिल्दा लोकतन्त्र धरापमा पर्छ कि भनेर आशङ्का नगर्न उनले प्रतिपक्षी दललाई आग्रह गरे ।

वर्तमान गठबन्धन मुलुकमा व्याप्त निराशालाई चिरेर आशामा परिणत गर्ने, संविधानलाई समृद्ध पार्ने, जनताको चाहनालाई सम्बोधन गर्ने लक्ष्य राखिएको उनको कथन छ । सांसद विष्टले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा मुलुक सबल बन्ने विश्वास व्यक्त गरे ।

अघिल्ला दुई वटा कार्यकाल भन्दा यस पटक प्रधानमन्त्रीको कार्यकाल थप सफल हुने र नेपाली जनताको पक्षमा काम गर्ने उनको भनाइ छ ।

उनले वर्तमान गठबन्धनले जनतामा पैदा भएको निराशालाई चिरेर आशा जगाउने र मुलुकलाई थप समृद्ध बनाउने दृढता व्यक्त गरे ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ४ : २३ बजे

उमर अब्दुल्ला बने जम्मु कश्मीरको मुख्यमन्त्री

काठमाडौं– नेशनल कन्फरेन्सका नेता उमर अब्दुल्लाले जम्मु कश्मीरको मुख्यमन्त्रीको शपथ

डडेल्धुरा बस दुर्घटना : मृतकको सङ्ख्या पाँच पुग्यो

डडेल्धुरा– डडेल्धुरामा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको

त्रिपुरा सुन्दरीमा दही छयाप्ने जात्रा (तस्बिरहरू) 

काठमाडौं– एकआपसमा दही छ्यापाछ्याप गरेर मनाइने दही छयाप्ने जात्रा सिन्धुपाल्चोकको त्रिपुरा

महाभारत लीला : ५० हजार प्रतिस्पर्धीबाट छानिएका थिए श्रीकृष्ण, वास्तविक जीवनमै लखेटिन्छन् शकुनी

महाभारत र रामायण टेलिसिरियल यो शताब्दीमा मानिसले मानिसलाई दिएको अमूल्य

लिम्बूको पिरती गाँस्ने माध्यम : यालाङ र पालाम

याक्थुङ लिम्बूहरू विभिन्न चाडपर्व, उत्सव, दुःख तथा सुख सबैमा रङ्गरस