महिला एसिया कप : पाकिस्तानविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल « Khabarhub

महिला एसिया कप : पाकिस्तानविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


627
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसीसी महिला एसिया कप क्रिकेट अन्तरगत पाकिस्तानविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । रंगिरि डम्बुला अन्तर्राष्ट्रिय रंगशाला पाकिस्तानले टस जितर बलिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो ।

प्रतियोगितामा विजयी सुरुवात गरेको नेपाल पहिलो जितले उत्साह साथ बलियो प्रतिद्वन्द्वीविरुद्ध मैदानमा हुनेछ। पाकिस्तान नेपालसँगको प्रतिस्पर्धामा पहिलो जितको खोजीमा हुनेछ।

प्रतियोगितामा आठ टोली सहभागी छन्। दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा भारत र पाकिस्तान जस्ता टेस्ट राष्ट्रसँगै यूएई छ।

समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन्। अहिलेसम्म समूह चरणका एकएक खेल सम्पन्न भइसकेका छन्। समूह ‘ए’मा समान दुई अंकसहित भारत र नेपाल पहिलो र दोस्रो स्थानमा छन् भने पाकिस्तान र यूएईले खाता खोल्न सकेका छैनन्। आज नै भएको समूह एको खेलमा भारतले युएईलाई ७३ रनले पराजित गरेका छ ।

समूह ‘बी’मा श्रीलंका र थाइल्याण्ड दुई अंकसहित पहिलो र दोस्रो स्थानमा छन् भने बंगलादेश र मलेसियाले खाता खोल्न सकेका छैनन्।

समूह चरणमा हुने १२ खेलबाट उत्कृष्ट दुईदुई देश सेमिफाइनल पुग्नेछन्। सेमिफाइनलमा विजयी दुई टोलीबिच फाइनल भिडन्त साउन १३ गते हुनेछ।

नेपालको ऐतिहासिक पहिलो जित

नेपालको पहिलो खेलको जितमा ब्याटिङतर्फ सम्झना खड्का र बलिङमा कप्तान इन्दु बर्माको योगदान महत्त्वपूर्ण रहयो। श्रीलंकाको डम्बुला शुक्रबार मैदानमा टस जितेर सुरुमा बलिङ गरेको नेपालले यूएईले ८ विकेटको क्षतिमा दिएको ११६ रनको लक्ष्य १६।१ ओभरमा चार विकेटको क्षतिमा ११८ रन बनाउँदै पूरा गरेको हो।

नेपालको पहिलो जितका लागि सम्झना खड्काले ४५ बलको सामना गर्दै ११ छक्काको मद्तमा ७२ रन बनाइन भने कप्तान इन्दु बर्माले तीन विकेट हात पारिन्।

पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको नेपाल समूह ‘ए’को दोस्रो स्थानमा छ। समान दुई अंक भएको भारत रनरेटको आधारमा तालिकाको शीर्ष स्थानमा छ। पहिलो खेलमा भारतले शुक्रबार पाकिस्तानलाई सात विकेटले हराएको हो। पाकिस्तानले दिएको १०९ रनको लक्ष्य भारतले १४।१ ओभरमा ३ विकेटको क्षतिमा भेट्टाएको हो।

नेपालले समूह चरणको अन्तिम खेल बलियो प्रतिद्वन्द्वी भारतसँग खेल्नेछ। यो खेल साउन ८ गते डम्बुलामै हुनेछ। साउन ४ देखि १३ गतेसम्म हुने प्रतियोगितामा नेपाल गत फेब्रुअरीमा मलेसियामा सम्पन्न एसीसी महिला प्रिमियर कपबाट छनोट भएको हो।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ७ : ०१ बजे

शुक्लाफाँटाका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीको पारिश्रमिकमा वृद्धि

कञ्चनपुर–  शुक्लाफाँटा नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको

आन्तरिक राजस्व बढाउन नसक्दा कमजोर बन्दै पर्साका स्थानीय तह

वीरगञ्ज– पर्साको पर्सागढी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक आयबाट तीन

एसियाली बाढी विपत् : सैन्य सहयोग तीव्र, मृतक कूल एक हजार नजिक

एजेन्सी– श्रीलंका र इन्डोनेसियाले हालैका दिनहरूमा एसियाका चार देशमा आएको

एड्ससँगै यौन रोगको समस्या बढ्न थाल्यो

चितवन– जिल्लामा भएका एचआईभी एड्सका सङ्क्रमितमध्ये यौन रोग सङ्क्रमितको सङ्ख्या

एक हजार ८०० मिटर सडक आठ वर्षदेखि अलपत्र

राँझा– बाँकेको खजुरा बजारमा निर्माणाधीन एक हजार ८०० मिटर चार लेन