भारतीय दूतावासले मनायो आषाढ पूर्णिमा, बौद्ध सूत्रबाट प्रार्थना « Khabarhub

भारतीय दूतावासले मनायो आषाढ पूर्णिमा, बौद्ध सूत्रबाट प्रार्थना


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासले आषाढ पूर्णिमा मनाएको छ । आषाढ पूर्णिमाका अवसरमा दूतावासले विशेष कार्यक्रम गरेको हो ।

कार्यक्रममा नेपालका विभिन्न बौद्ध सम्प्रदाय र गुम्बाका प्रतिनिधिहरू सहभागी थिए ।

कार्यक्रममा थेरावडा संघ, महायाना संघ र बज्रयान संघले विधिपूर्वक प्रार्थना गरे । त्यसपछि बौद्ध सूत्रबाट प्रार्थनाको वाचन र अर्पण गरिएको थियो ।

नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले भगवान् बुद्धले दिएको शिक्षाको महत्त्वमाथि प्रकाश पार्दै भारत र नेपालमा रहेका पवित्र बौद्धस्थलले दुई देशबीचको साझा सांस्कृतिक सम्पदालाई उदाहरणका रूपमा चित्रण गरेको बताए ।

उनले शताब्दीयौंदेखि कायम सम्बन्धलाई अघि बढाउँदै बौद्ध धर्म लामो समयदेखि भारत र नेपाललाई जोड्ने एक शक्तिका रूपमा रहेको बताए ।

भगवान् बुद्धले उत्तर प्रदेशको सारनाथमा आफ्ना पहिलो पाँच जना तपस्वी चेलालाई आफ्नो पहिलो उपदेश दिएको दिनलाई गुरू पूर्णिमामा स्मरण गर्ने गरिन्छ ।

बिहारको बोधगयामा बुद्धत्व प्राप्त गरेपछि भगवान् बुद्धले ‘चार आर्य सत्य’ र ‘आर्य अष्टांगिक मार्ग’ बारे उपदेश दिएका थिए । यस दिनलाई ‘धर्मचक्रको पहिलो फन्को’ का रूपमा पनि चिन्ने गरिन्छ ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ७ : ११ बजे

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम– मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो दुई

कांग्रेसको १५औँ महाधिवेशनको सबै तयारी पूरा

काठमाडौं- नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले

तस्बिरमा प्रतिनिधिसभाका ६ महिना : शपथ र घम्साघम्सीदेखि बालेन–हर्कको अंकमालसम्म

काठमाडौं – प्रतिनिधिसभाका सांसदले शपथ लिएको ६ महिना पूरा भएको छ ।

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका