पाकिस्तानमा पेट्रोलियम पदार्थको भाउ बढ्यो « Khabarhub

पाकिस्तानमा पेट्रोलियम पदार्थको भाउ बढ्यो


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आर्थिक समस्यामा रहेको पाकिस्तानले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पाकिस्तान सरकारले पेट्रोलको मूल्य प्रतिलिटर ९.९९ पाकिस्तानी रुपैयाँ बढाएको छ ।

यससँगै पेट्रोलको मूल्य २ सय ७५.६ रुपैयाँ प्रतिलिटर पुगेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ ।

त्यस्तै, सरकारले डिजेलको मूल्य पनि प्रतिलिटर ६.१८ रुपैयाँले बढाएको छ । यससँगै डिजेलको मूल्य २ सय ८३.६३ रुपैयाँ प्रतिलिटर पुगेको छ । विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेकाले बढाउनु परेको सरकारले जनाएको छ ।

यद्यपि पेट्रोलियम पदार्थको आयातमा लगाइएको कर एवम् भन्सार महशुल दरमा भने कुनै हेरफेर नगरिएको डनले उल्लेख गरेको छ ।

पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यसले समग्र मुद्रास्फीतिमा प्रत्यक्ष असर पर्ने विश्लेषकहरुको चिन्ता छ ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  १० : ४६ बजे

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि

जलवायु परिवर्तनले विश्वको पानी चक्र अनियमित बन्दै : डब्लुएमओ

जेनेभा– विश्वमा पानीको चक्र झन् अनियमित बन्दै गएको संयुक्त राष्ट्रसङ्घले

अब्बासलाई महासभामा सहभागी हुन अमेरिकाले दिएन भिसा

एजेन्सी– संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासलाई अर्को

भोटेकोशी बाढी : १ हजार ४ सय ९ जनाको शव भेटियो

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ११ बजेसम्म

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष