पुष्पलालको ४६औँ स्मृति दिवस मनाइँदै « Khabarhub

पुष्पलालको ४६औँ स्मृति दिवस मनाइँदै


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेकपा (माले) लगायत विभिन्न समूहमा छरिएका कम्युनिष्ट पार्टीहरूले आज विभिन्न कार्यक्रम आयोजना गरी पुष्पलालको योगदानको सम्झना गर्दैछन् ।

पुष्पलाल स्मृति प्रतिष्ठानले कीर्तिपुर–४ चम्पादेवीमा पुष्पलालको स्मृतिमा श्रद्धाञ्जलि सभा, गोष्ठीलगायत कार्यक्रम आयोजना गरेको छ ।

पुष्पलालको जन्म विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा भएको थियो भने विसं २०३५ साउन ७ गते भारतको अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

जनताको पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ २००६ सालमा नेकपाको स्थापना कोलकाताको श्याम बजारमा पुष्पलाल, नरबहादुर कर्माचार्य, नीरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठको सक्रियतामा भएको थियो ।

विसं २०२५ सालमा पञ्चायती निरंकुशताको अन्त्यका लागि ‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ अगाडि सार्ने पहिलो नेताका रूपमा पुष्पलाललाई मानिन्छ ।

सरकारले पुष्पलालको सम्मानमा राष्ट्रिय पुरस्कारसमेत स्थापना गरेको छ । उनकै नाममा पुष्पलाल मध्यपहाडी लोकमार्गसमेत निर्माण भइरहेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  १० : १३ बजे

आज नेपाल कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस, एमालेले विशेष कार्यक्रम गर्दै

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टीहरुले आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को

शान्ति सम्झौता र गणतन्त्रका पक्षधरबीच मोर्चाबन्दी आवश्यक : प्रचण्ड

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले सबै

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

धुलिखेल– काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–४ र ५ मा भइरहेको कफी

नौ महिनामा वीरगञ्ज भन्सारबाट करिब ७ अर्बको सामान आयात

वीरगञ्ज– वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को नौ महिनामा

एम्बाप्पे र भिनिसियस चम्किएपछि म्याड्रिडको जित: अलाभेस पराजित

काठमाडौँ – स्पेनिस ला लिगा अन्तर्गत बुधबार बिहानको खेलमा रियल