प्रधानमन्त्रीलाई भीमार्जुनको सुझाव : दुईतिहाइ पाउनु भयो, अब काठमाडौंदेखि दाउन्नेसम्म गाडीमा जानुस् « Khabarhub

प्रधानमन्त्रीलाई भीमार्जुनको सुझाव : दुईतिहाइ पाउनु भयो, अब काठमाडौंदेखि दाउन्नेसम्म गाडीमा जानुस्


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय देशका राजमार्गहरूको दूरावस्थाले सर्वसाधरणले भोग्नुपरेको सास्ती बर्णन गरेर साध्य छैन ।

काठमाडौंदेखि पृथ्वी राजमार्ग हुँदै मुग्लिन-नारायणगढ सडक छिचोल्दा ज्यान जोगिए भाग्यमानी हुने अवस्था छ । उता नारायणगढदेखि नवलरासी हुँदै दाउन्नेसम्मको सडकको हालत वर्णन गरेर साध्य छैन ।

खासगरी नेताहरूले कहिल्यै यात्रा नगर्ने यी सडककले दिएका सास्तीले सर्वसाधारणलाई रुवाएको छ ।

काठमाडौंबाट निस्किएको कुनै पनि यात्रुले तीनदेखि चार दिनसम्म लाग्ने गरेको छ । सडकमार्ग मानिसका लागि मृत्यु मार्ग जस्तै बनिरहेका बेला सरकारको भूमिकामाथि प्रश्न उठिरहकेो छ ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‍बाट दुईतिहाइ मत पाएपछि वरिष्ठ अधिवक्ता डा. भीमार्जुन आचार्यले देशका सडकको अवस्था सम्झाएका छन् ।

उनले प्रधानमन्त्रीलाई एक पटक काठमाडौंदेखि दाउन्नेसम्म यात्रा गरेर काम अघि बढाउन सुझाएका छन् ।

‘प्रधानमन्त्रीलाई संसद्मा दुईतिहाइ बढीको विश्वासको मत प्राप्त भएको छ । यसको भरपुर सदुपयोग गर्ने बचन प्रधानमन्त्रीले दिनुभएको छ ’, उनले भनेका छन्, ‘पहिलो काम एकपटक तत्कालै काठमाडौंबाट दाउन्नेसम्मको यात्रा गाडीमा गर्नुपर्‍यो ।’

उनले दशैँ आउनुपहिले पूर्व, पश्चिम, उत्तर, दक्षिण सबैतिरका राजमार्गहरू यात्रा गर्न लायक हुनुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिएका छन् । ‘रू ठूला काम त्यसपछि गरे हुन्छ प्रधानमन्त्रीज्यू !’, उनले भनेका छन् ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ११ : ०३ बजे

मधेस प्रदेशलाई ‘उत्पादन, उद्योग र पूर्वाधारको केन्द्र’ बनाइने

धनुषा – सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मधेस प्रदेशलाई

बजेटमा कोशी : भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता, निजी क्षेत्र पनि उत्साहित

विराटनगर – आगामी आर्थिक वर्षको बजेटमा कोशी प्रदेशलाई विशेष प्राथमिकता

स्वास्थ्यमा बजेट बढ्यो, तर हिस्सेदारी घट्यो : यी हुन् प्राथमिकतामा परेका २५ बुँदा

काठमाडौं – सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि स्वास्थ्य तथा

बजेटमा सुदूरपश्चिम : पर्यटकीय विकासदेखि एमबीबीएस पढाइसम्म

महेन्द्रनगर – सरकारले आगामी आर्थिक वर्षदेखि सुदूरपश्चिममा विशिष्ट पर्यटकीय विकास

वैभवको विस्फोटक ब्याटिङमा राजस्थानले गुजरातलाई दियो २१५ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ क्वालिफायर–२ अन्तर्गत आज भएको